Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रचण्ड-नेपाल खेमाका यस्ता छन् दोस्रो चरणका संघर्षका कार्यक्रम

प्रचण्ड-नेपाल खेमाका यस्ता छन् दोस्रो चरणका संघर्षका कार्यक्रम


प्रचण्ड-नेपाल खेमाका यस्ता छन् दोस्रो चरणका संघर्षका कार्यक्रम

काठमाडौँ- नेकपा प्रचण्ड-नेपाल खेमाले संसद विघटनको विरुद्धमा दोस्रो चरणका संघर्ष स्वरुप पुस २० गतेदेखि माघ २३ गतेसम्मका देशव्यापीरुपमा आयोजना गरिने कार्यक्रम सार्वजनिक गरेको छ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै यो खेमाले संसद विघटनविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो। घोषित आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रहने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

कार्यक्रम अन्तर्गत आन्दोलनअन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तरक्रिया, छलफल, विरोध प्रदर्शनलगायत छन्। यो खेमाले आगामी माघ १० गते राजधानी लगायत सबै शहरीमा मोटरसाइकल र्‍याली गर्ने कार्यक्रम घोषणा गरेको छ।

यो खेमाले संसद पुनःस्थापनाको माग गर्दै यसअघि सडक प्रर्दशनलगायत कार्यक्रम गरिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते संसद विघटनको निर्णय गरेका थिए। त्योसँगै नेकपा राजनीतिक रुपले विभाजित भएको थियो।

कामना न्यूज

  • शनिवार, पौष १८ २०७७०४:०५:५७
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक