Logo

मंगलवार, भाद्र ९ गते २०८३

दुई अंकको सिट ल्याएर देखाउन नेकपा (प्रचण्ड–नेपाल)लाई ओलीको चुनौती

दुई अंकको सिट ल्याएर देखाउन नेकपा (प्रचण्ड–नेपाल)लाई ओलीको चुनौती


दुई अंकको सिट ल्याएर देखाउन नेकपा (प्रचण्ड–नेपाल)लाई ओलीको  चुनौती

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दुई अंकको सिट ल्याएर देखाउन नेकपालाई चुनौती दिएका छन् ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालतर्फ लक्षित गर्दै उनले वैशाख १७ र २७ गते कता बहुमत छ र कसले कसलाई पार्टीबाट निकालेको रहेछ हेरौँला भन्दै चुनौती दिएका छन् ।“उहाँहरुको नारा र कृत्य देख्नेहरुलाई लाज लागिसक्यो । देश अघि बढिसक्यो,” उनले भने, “नारा सुन्नुभयो ? गोरु नाङ्गो देख्दा मलाई लाज लाग्दैन ।”

उनले लोकतन्त्र खतरामा परेकाले संसद् विघटन गर्नुपरेको बताएका छन् ।“लोकतन्त्र खतरामा परेकाले संसद् विघटन गर्नुपर्‍यो । आजको पत्रिकामा पनि जाली समाचार छपाइएको छ । मान्छेहरुले प्रायोजित समाचार छापेका छन्,” उनले भने, “पुनःस्थापना भयो भने फलानालाई प्रधानमन्त्री बनाउँछु भनेर छापिएको छ । २–४ मान्छेलाई झुक्याउन भनेका होलान् ? चुनावको तयारी भइसक्यो । मान्छे ताजा जनादेश लिएर अघि बढेका छन् । प्रत्यक्षमा हाम्रो १६५ सिट आउँछ । अहिले धेरै नभनौँ । ठीकै मात्रै भन्दैछु । उहाँहरुले कमसे कम दुईवटा अंक भएको सिट ल्याएर देखाउनुस् । उहाँहरु त्यहाँ पुग्नुहुन्न । फर्किनुहुन्छ । यदि फर्किने हो भने ठाउँ राखेका छौँ । अब फर्किएर फेरि उपद्रो मच्चाउन पाइँदैन । अब थान्कोमा बस्नुपर्छ । पार्टीको कार्यकर्ताजस्तै बस्नुपर्छ । गुटबन्दी गर्न पाइँदैन । गुटबन्दीलाई बिदा गर्‍यौँ । व्यक्ति फर्किए पनि गुटबन्दी फर्किन दिइने छैन ।”

कामना न्यूज

  • शनिवार, पौष १८ २०७७०५:३५:२६
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक