नेपाल कम्युिनष्ट पार्टी प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठक पेरिसडाँडामा बसेको छ। आइतबार दिउँसो १ बजेपछि पार्टीको आगामी रणनीति र आन्दोलनबारे छलफल गर्न बैठक बसेको हो। प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
तत्कालीन नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमध्ये २९ जना प्रचण्ड-नेपाल समूहमा छन्। उनीहरूले केही दिनअघिमात्रै पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाएका थिए। प्रचण्ड-नेपाल समूहले शनिबारमात्रै ओली सरकारको कदमविरूद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। यो आन्दोलन एक महिना लामो समयसम्म हुने नेकपाले जनाएको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक