काठमाडौँ- नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई उपचारका लागि सोमबार भारतको मुम्बई लगिने भएको छ।
अस्वस्थ भई केही दिनदेखि राजधानीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी सीता दाहाललाई थप उपचारका लागि मुम्बई लैजान लागिएको हो।संसद विघटनपछि आन्दोलनमा ओर्लिएका दाहाल-नेपाल पक्षका प्रमुख नेता दाहाललाई भने श्रीमतीको उपचारमा मुम्बई जाने कि नजाने दोधार भएको छ।पारिवारिक स्रोतका अनुसार दाहालले छोरीहरुलाई आमासँग उपचारका लागि जान आग्रह गरेका छन् भने सीताले भने श्रीमान् दाहालको साथ चाहेकी छन्।
आइतबार पेरिसडाँडामा भएको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू सोमबार मुम्बई जान लागेको जानकारी गराएका थिए।छोरा प्रकाश दाहालको निधनपछि सीता शारीरिक तथा मानसिक रुपमा अस्वस्थ रहँदै आएकी छन्।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण