काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक पेरिसडाँडामा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको हो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पत्नी सीता दाहालको उपचारका लागि आज मुम्बई प्रस्थान गरेका छन् । प्रचण्ड बुधबार स्वदेश फर्कने बताइएको छ ।
नेकपाको हिजो पनि स्थायी कमिटी बैठक बसेको थियो । बैठकले अध्यक्ष नेपालको संयोजकत्वमा एकीकरणको बाँकी काम पूरा गर्न र प्रदेश, जिल्लाका पदाधिकारीको विषयमा गृहकार्य गर्न कार्यदल पनि गठन गरेको छ।आइतबारको बैठकले स्थायी कमिटीमा पाँचवटा कार्यसूची पेस गरिएको थियो । तिनै कार्यसूचीमा आधारित भएर आजको छलफल अघि बढाइने स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक