Logo

मंगलवार, भाद्र ९ गते २०८३

संसद विघटनपछि अर्को बोल्ड निर्णय लिँदै ओली, प्रचण्ड भारत हिँडेकै दिन यस्तो भयो खुलासा

संसद विघटनपछि अर्को बोल्ड निर्णय लिँदै ओली, प्रचण्ड भारत हिँडेकै दिन यस्तो भयो खुलासा


संसद विघटनपछि अर्को बोल्ड निर्णय लिँदै ओली, प्रचण्ड भारत हिँडेकै दिन यस्तो भयो खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशमा राजनीतिक तरंग ल्याए । जसको आजसम्म विरोध भइरहेको छ ।

विघटन कि पुनर्स्थापनाको कुरा अदालतमा विचाराधिन छ । यस्तो बेला नेकपा ओली र प्रचण्ड-नेपाल समूह गरी दुई समूहमा विभाजित भइसकेको छ । यसको असर प्रदेश सरकारमा पनि परेको छ ।

बहुमत भएको ठाउँमा ओली र प्रचण्ड-नेपाल दुवै समूहले अल्पमतलाई हटाउने मन्त्रीबाट हटाउने, अविश्वासको प्रस्ताव गर्ने गरिरहेका छन् ।

यहीँ बीचमा प्रधानमन्त्री ओलीले एक अन्तर्वार्तामा प्रदेशमा स्टेप चाले थप स्टेप चाल्ने चेतावनी प्रचण्ड - नेपाल समूहलाई दिइसकेका छन् । यस्तोमा ओलीले थप स्टेप चाल्ने तयारी गरेको खुलेको छ ।

प्रदेश १ र ३ मा आफ्ना समूहका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएपछि ओलीले प्रदेशसभा विघटनको तयारी गरेका हुन् । यसको खुलासा प्रचण्ड भारत प्रस्थान गरेकै बेला भएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले विराटनगर पुगेर प्रदेशसभा पनि विघटन हुन लागेको संकेत गरेकी छन् ।

केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको उनले बताइन् । पूर्वकानुनमन्त्रीसमेत रहेकी उनले प्रदेशसभा सञ्चालन र विघटनको अधिकार प्रदेशमा रहेको बताइन् ।

प्रतिनिधिसभा विघटन भएपछि वर्तमान सरकार कामचलाउ बनेको बताउँदै उनले कामचलाउ बनेको सरकारको काम कारवाही सहज रुपमा अघि बढाउन प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेको पनि स्पष्ट पारिन ।

संसद् विघटन संविधानमा स्पष्ट रुपमा उल्लेख नभए पनि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेको उनले बताइन् । यो विधिसम्मत भएको उनको दाबी छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक