काठमाडौं। कुनै समय प्रचण्डका ‘राइट ह्याण्ड’ भनेर चिनिने लेखराज भट्ट अहिले केपी ओली कित्तामा छन् ।
सरकारमा उद्योग मन्त्री रहेका लेखराज अहिले प्रचण्डप्रति आक्रामक छन । प्रचण्डले आफूलाई एक नम्बर दुश्मन मानेपछि लेखराज पनि प्रतिकारमा उत्रिएका छन् ।
उनले सोमवार धनगढी ओर्लिएर प्रचण्डको थप पोल खोले । यसअघि उनले सिरहामा वत्ती निभाएर, बक्सा परिवर्तन गरेर प्रचण्डलाई जिताइएको खुलासा गरेका थिए ।
आज लेखराजले प्रचण्डले १० वटा सरकार ढलाइसकेको खुलासा गरे । प्रचण्डको राजनीतिक संस्कार ठिक नभएको भन्दै लेखराजले आलोचना गरे ।
प्रचण्डलाई प्रधानमन्त्री र माधव कुमार नेपाललाई अध्यक्षको हतारो भइसकेर सरकारलाई भएको असहयोगले संसद् विघटन गरी जनादेशका लागि निर्वाचनमा जाने कदम चालिएको स्पष्ट पारे ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक