Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रचण्ड - नेपाल समूहलाई कांग्रेस र जसपाले दिएन साथ, तुहियो योजना, एक्लै लिन्ठ्याङ लिन्ठ्याङ हिँड्दा ओली मख्ख !

प्रचण्ड - नेपाल समूहलाई कांग्रेस र जसपाले दिएन साथ, तुहियो योजना, एक्लै लिन्ठ्याङ लिन्ठ्याङ हिँड्दा ओली मख्ख !


प्रचण्ड - नेपाल समूहलाई कांग्रेस र जसपाले दिएन साथ, तुहियो योजना, एक्लै लिन्ठ्याङ लिन्ठ्याङ  हिँड्दा ओली मख्ख !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन र मध्यावधि चुनाव घोषणाविरुद्ध नेकपाको प्रचण्ड नेपाल समूहले आन्दोलनको घोषणा गरेको छ ।

संयुक्त मोर्चा बनाएरै अघि बढ्ने भनियो । कांग्रेस पार्टी कार्यालयमा यो समूहका नेताले कांग्रेस र जसपासँग छलफल गरेर मोर्चा बनाउने प्रयास गरे । तर यो समूहलाई कांग्रेस र जसपाले पत्याएको छैन ।

कम्युनिस्टको भर नहुने भन्दै कांग्रेस र जसपा एक्ला एक्लै आन्दोलनमा छन्। आन्दोलन चर्को छैन । उनीहरु एक्ला एक्लै आन्दोलनमा होमिएपछि प्रचण्ड नेपाल समूहको मोर्चा बनाउने योजना तुहिएको छ ।

अन्ततस् प्रचण्ड–माधव समूहले शनिबार एक्लै एक महिना लामो संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । अगल अलग आन्दोलन हुँदा ओली हर्षित छन् । किन अलग अलग आन्दोलन सफल हुनेछैन ।

कांग्रेस नेता नारायण खड्का र जसपा नेता केशव झाले प्रचण्ड नेपाल समूहसँग सहकार्य गर्ने कुनै निर्णय नभएको बताउँदै आन्दोलनका आफूहरु नै सक्षम भएको प्रतिक्रया दिएका छन् ।

प्रचण्ड–माधव समूहले अन्य राजनीतिक दलहरु, नागरिक समाज, बृद्धिजीवी, संविधानविद्, कानूनविद्, कलाकार, लेखक लगायतसँग पनि सहकार्यको पहल नगरेको होइन तर कसैले पत्याएनन् । फलस्वरुप यो समूह केही हतोत्साहित बनेको छ ।

उता ओली समूह देशभर आक्रामक रुपमा अगाडि बढिरहेको छ निर्वाचनको तयारीमा । नेताहरु जिल्ला जिल्ला दौडिरहेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक