काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले युद्धकालमा तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेता बाबुराम भट्टराईलाई मार्न खाल्डो खनेको बताएका छन् ।
उनले प्रचण्डलाई त्यस्तो चिन्तनको, फरक विचार राख्नेलाई देखिनसहने प्रवृत्तिको रहेको बताएका हुन् । “प्रचण्डले बाबुरामलाई हाल्न खाल्डो खनेका थिए । बाबुरामलाई बचाउनेहरू हामी नै हौँ । बाबुरामलाई बचाउनेहरू आज ओलीसँगै छौँ,” उनले भने, “प्रचण्डका लागि ओलीले बालुवाटारमा खाल्डो खनेका थिएनन् ।”विभाजित नेकपाको ओली समूहले मंगलबार जाजरकोटमा आयोजना गरेको कार्यक्रममा उनले माधवकुमार नेपालमा नगदे चिन्तन रहेको बताए । उनले चुनावमा जाउँ भन्नु प्रतिगामी कदम नरहेको भन्दै अब मुलुक निर्वाचनमा केन्द्रित रहेको बताए ।
पार्टी एकताका लागि ओलीले अन्तिमसम्म प्रयत्न गरेको, खुमलटार गएर प्रचण्डलाई प्रस्ताव फिर्ता लिन आग्रह गरेको बताए ।उनले प्रचण्ड - नेपाल समूहमा झगडा सुरु भएको पनि बताए । त्यो समूहमा महासचिवमै झगडा सुरु भएको बताउँदै धेरै बिराला भए मुसा नमार्ने उदाहरण दिए । उक्त समूहमा तीन पूर्वप्रधानमन्त्री रहेकाले अब आफू प्रधानमन्त्री बन्छु भन्दै टोपी लगाउन थालसिकेको कटाक्ष समेत गरे ।
उनले ओली समूहको गाडी अगाडि बढेको र प्रचण्ड - नेपाल समूह झगडा नै गरेर बस्ने आकलनसमेत गरे । उनले संसद् विघटन बाध्यात्मक कदम भएको पनि बताए । उनले संसद् पुनःस्थापना कुनै पनि हालतमा नहुने बताए ।मन्तव्यका क्रममा उनले पूर्वजनमुक्ति सेनाको एउटा समूह ओली नेतृत्वको नेकपामा समाहित हुने बताए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक