सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्।
धनगढीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएको जानकारी दिए।
बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित बोहरा तत्कालीन माओवादी केन्द्रबाट बाम गठनबन्धका उम्मेदवार बनेका थिए।
उनी फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक