Logo

मंगलवार, भाद्र ९ गते २०८३

बामदेव गौतमको प्रश्न : तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन ?

बामदेव गौतमको प्रश्न : तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन ?


बामदेव गौतमको प्रश्न : तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन ?

नेकपा नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले संसद भंग गरेको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर भए पनि पार्टी एकता जोगाउनु पर्नेमा त्यसो नगरेको बताए।

गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट पारे। उनले भने, “तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुपर्थ्यो ? पार्टीमा अन्तरपार्टी सङ्घर्ष र वादविवाद हुन्छ तर नेता त्यो हुन्छ जसले ती विवादमा समाधान दिन सक्छ।”      

पार्टी विभाजनको कुनै औचित्यता नरहेको बताउँदै नेकपा उपाध्यक्ष गौतमले पार्टीका नेताहरुको कार्यशैलीमा सुधारका लागि आफूले प्रयास गरे पनि सफल हुन नसकेको धारणा व्यक्त गरे। आफू विभिन्न कारणले विरोधी जस्तो भएर बस्नुपरेको गुनासो पनि उनले गरे।  

पछिल्लो समय आफू निरन्तर पार्टी एकतालाई जोगाउन लागिपरेको र अविश्वासको प्रस्तावलाई पनि असफल गराएको जानकारी दिँदै नेता गौतमले भने, “आरोपप्रत्यारोपका पत्र राख्दा पनि यो एउटा सुधारका निम्ति उपाय हुन सक्छ भन्ने लागेको थियो । यसपटक प्रतिनिधिसभा भङ्ग गर्दा पनि मलाई थाहा भएन।”      

प्रतिनिधिसभा विघटनसम्बन्धी विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा लगिएपछि विचाराधीन भएकाले अहिले असंवैधानिक भनेर भन्न नमिल्ने बताउँदै नेता गौतमले त्यसैले आफू चुप लागेको बताए। नेकपाले संविधानको सर्वोच्चतालाई आफ्नो मूल सिद्धान्त बनाएको उनको भनाइ थियो।

रासस      

कामना न्यूज

  • बिहिवार, पौष २३ २०७७०८:१०:४५
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक