Logo

मंगलवार, भाद्र ९ गते २०८३

गगनको गर्जन, पुनर्स्थापित संसदले प्रधानमन्त्री र राष्ट्रपतिलाई घर पठाउछौ !

गगनको गर्जन, पुनर्स्थापित संसदले प्रधानमन्त्री र राष्ट्रपतिलाई घर पठाउछौ !


गगनको गर्जन, पुनर्स्थापित संसदले प्रधानमन्त्री र राष्ट्रपतिलाई घर पठाउछौ !

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले संसद् पुनर्स्थापना हुने दाबी गरेका छन् ।

नेपाल तरुण दल भक्तपुरले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अदालतले संविधान पल्टाएर हेर्ने र संसद् पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका हुन ।
‘केपी ओलीको यो कदमलाई संविधानले चिन्दैन। देशले अहिले न्यायालयतर्फ फर्किएर हेरेको छ। श्रीमानहरुले दायाँबायाँ हेर्नुपर्दैन, संविधान पल्टाएर हेरे पुग्छ,’ उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीले सम्मान गुमाएको अवस्थामा अदालतले गुमाउनु हुँदैन। अदालतमाथि प्रधानमन्त्रीले दबाब सिर्जना गर्नुभएको छ, कसरी निर्णय उल्टन्छ भनेर बोलिरहनुभएको छ।

उनले शाही आयोग खारेज गरेको अदालत प्रधानमन्त्रीसँग डराउँदैन भन्नेमा आफू विश्वस्त रहेको बताए।

‘मलाई पूर्ण विश्वास छ। अब केही दिनको बहस पछि अदालतले ओलीको असंवैधानिक कदमलाई खारेज गर्नेछ,’ उनले भने।

संसद् पुनर्स्थापनापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई घर पठाइने थापाले बताए।

‘संसद् पुनर्स्थापनापछि राष्ट्रपतिलाई घर पठाउँछौं। म यहाँका सांसद र मेयरलाई भन्न चाहन्छु– तपाईंहरूको बालाई पनि बालकोट पठाउने हो,’ उनले भने। उनले देश ढिलो चाँडो निर्वाचनमा जाने तर संसद्कै बाटोबाट निर्वाचन हुने बताए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक