Logo

मंगलवार, भाद्र ९ गते २०८३

केपी ओली हिटलर जस्तै तानाशाहः झलनाथ खनाल

केपी ओली हिटलर जस्तै तानाशाहः झलनाथ खनाल


केपी ओली हिटलर जस्तै तानाशाहः झलनाथ खनाल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौँमा नेकपा प्रचण्ड–माधव समूह सम्पर्क समन्वय कमिटीद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका हुन्।

जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको खनालले बताए। कहिलेकाहीँ पार्टीको गल्तिका कारण तानाशाहहरु जन्मिने गरेको र त्यसको विरुद्धमा फेरि संघर्ष गर्दै जानुपरेको उनले बताए।

वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा ओली समूहले गरेको सभालाई पञ्चभेलाको संज्ञा समेत दिए। विभिन्न ९ जिल्लाबाट बस रिजर्भ गरेर मान्छेहरुलाई पैसा दिएर गराएको भेला २०४६ साल अगाडि पञ्चहरुले गर्ने भेला जस्तै भएको उनको भनाइ छ।

२०४६ साल अगाडि पञ्चहरुले देशभर भेला गरेको र अहिले पनि ओलीले पञ्चभेला गर्दै हिँडेको ‌खनालको आरोप छ। त्यसबेलाका पञ्चहरुको अहिले इतिहास मेटिएर गएजस्तै केही वर्षमै केपी ओलीको पनि अस्तित्व समाप्त हुने उनले बताए।

कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक प्रतिगामी कदम खारेज गरेर प्रतिनिधि सभा सुचारु गर्न नसके देशमा चुनाव पनि नहुने, संसद पनि नहुने र देश प्रतिगमन तर्फ जाने बताए।

त्यसैले पार्टीहरुबीच संयुक्त संघर्ष गर्नुपर्ने र संयुक्त संघर्ष हुन नसके समन्वय गरेर भएपनि आन्दोलन गर्नुपर्ने उनको भनाइ छ। इतिहासमा पुर्खाहरुले सुन्दर देश सुम्पिएर गएको तर विभिन्न कालखण्डमा जन्मिने तानाशाहहरुको कारण देशमा समृद्धि आउन नसक्दा तिनै पुर्खा, सहिद र आम नागरिकलाई जवाफ दिने ठाउँ नरहेको पनि उनले बताए।

लोकतन्त्रको निम्ति लड्नेहरुभित्रैबाट लोकतन्त्रका लुटेराहरु जन्मने, लोकतन्त्रलाई अपहरण गर्ने र फेरिपनि प्रतिगमन हुने स्थितिको अन्त्य हुनैपर्ने नेता श्रेष्ठले बताए। प्रतिगमनको खतराबाट देशलाई बचाउन सबैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने उनको भनाइ छ।

कामना न्यूज

  • आइतवार, पौष २६ २०७७०५:२७:३७
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक