काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका (प्रचण्ड-नेपाल) समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंमा आइपुगेका छन् । सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारत गएका प्रचण्ड शनिबार अपरान्ह ४ बजे स्वदेश फर्किएका हुन्। उनलाई आफ्नी श्रीमती सिता दाहालको उपचार केहि सुधार आएपछि अहिले देशमा भैरहेको राजनीतिक घटना क्रमको लागि स्वदेश फर्किएका हुन् ।
सीता दाहालको स्वास्थ्यमा केही सुधार आएपछि प्रचण्ड स्वदेश फर्किएका हुन्।
अध्यक्ष प्रचण्डको स्वागतका लागि पूर्वमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य वर्षमान पुन र प्रचण्डको सचिवालयका केही सदस्य त्रिभुवन विमानस्थल पुगेका थिए।
सीता दाहालको अहिले मुम्बईकै न्युरोजेन ब्रेन एन् स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको र स्वास्थ्यमा केही सुधार आएको प्रचण्डको सचिवालयले जनाएको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक