Logo

मंगलवार, भाद्र ९ गते २०८३

मधेसमा चीनको खतरनाक मिसनका नाइके बन्दै उपेन्द्र यादव, ४ करोड लिएर ओलीविरुद्ध यति ठूलो षडयन्त्र !

मधेसमा चीनको खतरनाक मिसनका नाइके बन्दै उपेन्द्र यादव, ४ करोड लिएर ओलीविरुद्ध यति ठूलो षडयन्त्र !


मधेसमा चीनको खतरनाक मिसनका नाइके बन्दै उपेन्द्र यादव, ४ करोड लिएर ओलीविरुद्ध यति ठूलो षडयन्त्र !

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा चीनको मिसनलाई अघि बढाउन सम्झौता गरेको खुलेको छ ।

मन्त्रीबाट हटाएको झोंकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध क्रुद्ध रहेका यादवले पछिल्लो राजनीतिको परिस्थितिको फाइदा उठाउँदै मधेसमा चिनियाँ मिसन सञ्चालन गर्न लागिपरेका हुन्।

मधेशमा विकास र समृद्धिको भाषण ठोकेर सोझा र गरिब जनताको मन बहलाएका यादवले मधेसी जनताको स्वाभिमान ४ करोडमा चिनियाँसँग साटेका छन्।

नेपालमा राजनीतिक सन्तुलन कायम गर्न पूर्ण कसरत गरिरहेको चीनले उपेन्द्र यादवलाई मधेसी जनतालाई भड्काउन ४ करोड दिएको हो । पुस १४ गते भैरहवाको होटल मौर्यामा उपेन्द्र यादवले प्रचण्ड–नेपाल समूहको पक्षमा मधेसमा आन्दोलन गर्न चिनियाँ निर्देशनअनुसार चार करोड लिएको सार्वजनिक भएको छ ।

होटल मौर्यामा चिनियाँ एजेन्टका रुपमा रहेका नेपाली नागरिक मनोजमान श्रेष्ठले नेता यादवलाई उक्त रकम दिएको बुझिएको छ । श्रेष्ठ अरनिको समाजका अध्यक्ष हुन् । भैरहवा विमानस्थल बनाइरहेको चिनियाँ कम्पनीसँग निकट छन् । भैरहवा विमानस्थल नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन कम्पनीले बनाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध मधेसको जिल्लाहरुमा आन्दोलन गर्न, जुलुस निकाल्न, आमसभा गर्न र ओलीको पुत्ला जलाउने जस्ता गतिविधि गर्नका निम्ति चीनले यादवलाई जिम्मेवारी दिएको छ ।

काठमाडौं लगायत देशका अन्य ठाउँमा प्रचण्ड नेपाल समुहको आन्दोलन चलिरहेको छ । जसपाको मुठ्ठीमा रहेको मधेसमा पनि सोही अनुसार आन्दोलन चर्काउने र संसद पुनर्स्थापना नै गराएर छोड्ने चिनियाँ तयारी रहेको स्रोतको दाबी छ ।

नेकपालाई एकजुट बनाउन र नेपालमा आफ्नो राजनीतिक हस्तक्षेप कायम राख्न चीनले नेपालमा पछिल्लो समय कयौं मिसन चलाएका छन् ।

चीनले संसद पुनस्थापना गराउँने यो मिसन सफल भएपछि प्रचण्डको सरकार बनाउने र उपेन्द्र यादवलाई गृहमन्त्री बनाउने सम्मको आश्वासन दिएको स्रोतले स्पष्ट पारेको छ ।

मधेसका जनताका लागि लड्ने भनेर गएका यादव आफ्नै स्वार्थ र सत्ताका लागि केन्द्रीत भएपछि तराईमा उनको नेतृत्वविरुद्ध कार्यकर्ता र जनता असन्तुष्ट छन् ।

गृहमन्त्री बन्ने र यसरी करोडौं रुपैयाँको सुपारी पाएपछि नेता यादवले मधेसमा आन्दोलन मच्चाउने तयारी थालेका छन् । चिनियाँ मिसनमा लागेका उपेन्द्रले विराटनगर, भैरहवा, जनकपुर, सिरहा, कलैयालगायतका विभिन्न स्थानमा पुस २५ देखि माघ ७ गतेसम्म आन्दोलन गर्ने विरोध कार्यक्रम समेत तयार पारेको पाइएको छ ।

नेता यादवले चीनसँगको निकटताकै कारण सर्लाहीमा सर्प पालनमा चिनियाँ व्यावसायी प्रवेश गराएको स्रोतको दाबी छ । सिरहाको दरवार होटललाई ३ वर्षका लागि चिनियाँ व्यवसायीहरुलाई लीजमा दिन समेत नेता यादवले महत्वपूर्ण भूमिका खेलेको स्रोतको दाबी छ ।

यसरी नेता यादवले चिनियाँ लालचमा परेर सोझा जनताको बाहुल्यतालाई कहिले भारतविरुद्ध त कहिले देशकै राजनीतिक किचलोविरुद्ध भड्काउने गरेको पाइएको छ । नेताहरुको मुठ्ठिमा रहेका जनताहरु अब, सचेत भएर अघि बढ्न जरुरी देखिएको छ । स्रोत :- नेपालपाना बाट  

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक