Logo

मंगलवार, भाद्र ९ गते २०८३

आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै


आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक बिहान ११:३० बजे बस्न लागेको र नियमित कार्यसूचीमाथि छलफल हुने एकमन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्को कार्यविधिअनुसार सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ ।

राष्ट्रियसभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन् । सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन पनि छिट्टै अन्त्य गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते आह्वान गरिएको थियो ।

स्रोतका अनुसार भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभा अधिवेशन अन्त्यको सिफारिस गर्ने सम्भावना छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरू उपत्यकाबाहिर रहेकाले मन्त्रिपरिषद्को बैठक भोलि पनि बस्ने स्रोतको जिकिर छ ।

ad
ad
ad
ad
प्रतिकृया दिनुहोस

कामना न्यूज

  • आइतवार, पौष २६ २०७७१२:२९:४८
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक