Logo

मंगलवार, भाद्र ९ गते २०८३

संसद कुनै हालतमा पुनर्स्थापना हुनै सक्दैन: प्रधानमन्त्री ओली

संसद कुनै हालतमा पुनर्स्थापना हुनै सक्दैन: प्रधानमन्त्री ओली


संसद कुनै हालतमा पुनर्स्थापना हुनै सक्दैन: प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको बैठकमा आइतबार सम्बोधन गर्दै आफ्नो अधिकांश समय संसद विघटन गर्नुको औचित्य र अन्य पक्षले संसदीय परम्पराको अवमूल्यन गरेको भन्दै आरोप लगाउनमा खर्चिएका छन्।

उनले नेकपाभित्रको विवाद र आफूले चालेका कदमहरु उपयुक्त भएको जिकिर गरेर राष्ट्रिय सभामा आफ्नो सम्बोधन कायम राखेका थिए।

कार्की ब्याङ्वेटमा केही मानिसहरु भेला भएर नेकपामा आफूले बहुमत ल्याएको भन्दै तमासा गरेको उनले बताएका छन्।

‘संसद पुनर्स्थापना केका लागि? संसद पुनर्स्थापना हुनै सक्दैन,’ उनले सम्बोधनका क्रममा भने, ‘संसदको विघटन प्रधानमन्त्रीले किन सक्दैन? यो कसरी संविधानविपरीत हुन्छ?’

उनले संविधानको धारा ८५ लाई उद्धृत गर्दै संसद विघटनको कल्पना संविधानले गरेको उल्लेख गरे।उनले यो राजनीतिक निर्णय भएको उल्लेख गर्दै लोकतान्त्रिक पद्धतिको अभ्यास गर्न दिनुपर्ने जिकिर गरेका थिए।

कामना न्यूज

  • आइतवार, पौष २६ २०७७०३:१३:२१
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक