Logo

मंगलवार, भाद्र ९ गते २०८३

देश अफ्ठ्यारोमा परेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले निकाले यस्तो कडा विज्ञप्ति !

देश अफ्ठ्यारोमा परेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले निकाले यस्तो कडा विज्ञप्ति !


देश अफ्ठ्यारोमा परेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले निकाले यस्तो  कडा विज्ञप्ति !

काठमाडौं । देश राजनीतिक अस्थिरताको भुमरीमा फस्दै जाँदा पूर्वराजा ज्ञानेन्द्र शाहले कडा विज्ञप्ति जारी गरेका छन् । अब राजसंस्थाको आवश्यकताको संकेत शाहले गरेका छन् । उनले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो पार्न आह्वान पनि गरेका छन्। २९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रिय एकतालाई बलियो बनाउन पृथ्वी जयन्तीको सार्थकता रहेको उल्लेख गरेका छन् ।

नेपाल राष्ट्र निर्माणमा आफ्नो जीवन समर्पण गरेका पृथ्वीनारायण शाहलाई सम्झिदा सबै नेपाली गौरवान्वित हुने गरेको बताउँदै शाहले अहिले देश जटिल अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरेका छन्।

पृथ्वीनारायणको समयमा सानो चातूर्य, साहस र वीरताबाट मात्र नभई दैविक आशीर्वाद, अदम्य साहस, पौरख र कुटनीतिक कौशलको अद्वितीय क्षमताबाट देबभूमि नेपालको स्थापना भएको उल्लेख गर्दै शाहले भनेका छन्, ‘यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौं।’

नेपालको निर्माणमा हरेक जातीय, भाषिक र सांस्कृतिक समुदायका आ-आफ्नै विशिष्ट योगदान रहेको बताउँदै शाहले नेपाल विश्वको एकमात्र सबै जातीय, भाषिक र सांस्कृतिक सम्प्रदायको साझा प्रयासको उपजबाट स्थापित मुलुक भएको उल्लेख गरेका छन्। ‘त्यसैले आज पनि राष्ट्रनिर्माता बडामहाराजाधिराजबाट मार्गदर्शनका निम्ति बक्सेको दिब्यउपदेश नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मुलुकको समृद्धि लक्षित भएको महसुस हामी सबैले गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।

राष्ट्रियता, राष्ट्रियता एकता, राष्ट्रियता स्वाभिमान र राष्ट्रियता हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र नभई संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको र राजगद्धी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएको शाहले स्मरण गरेका छन्। ‘हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरि रहँदै आएको छ। हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो,’ शाहले भनेका छन्। 

तर अहिलेको राजनीतिका विषयमा भने समीक्षा गर्ने बेला घर्किसकेको उनको भनाई छ। ‘तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छरु कति जनहित अनुकुल छ? त्यसको समीक्षा हुन अब विलम्ब भैसकेको छ,’ शाहले भनेका छन्, ‘परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया ईच्छा पुरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महसुस आम नेपालीले गर्नुपरेको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक