काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको आरोप लगाएका छन् ।
सोमबार काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित नागरिक भेलामा बोल्दै उनले प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको बताएका हुन् ।
ओलीको कम्युनिस्ट आन्दोलनप्रति निष्ठा नभएको र ओलीले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको आरोप पनि उनले लगाए । प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षताप्रति कुनै अपनत्व नभएको उनको भनाइ छ ।
अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफूहरुलाई दिन आग्रह गरेको पनि जानकारी दिए । उनले बहुमत केन्द्रीय कमिटी सदस्य आफूतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकोले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचली विधानसम्मत चल्ने जानकारी दिएको बताए ।
निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचनसम्बन्धी कानुन हेरेर निर्णय गर्न आग्रह गरिएको उनले बताए । प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको जिकिर उनले गरे ।
प्रतिनिधिसभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकैठाउँमा आएको भन्दै उनले परिवर्तनकर्मी शक्तिहरुबीच तालमेल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक