Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओलीसँग लचिलो बन्दै माधव नेपाल, के अव एक हुन्छ त नेकपा ?

ओलीसँग लचिलो बन्दै माधव नेपाल, के अव एक हुन्छ त नेकपा ?


ओलीसँग लचिलो बन्दै माधव नेपाल, के अव एक हुन्छ त नेकपा ?

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि आक्रामक रुपमा प्रस्तुत हुँदै आएका प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लचिलो देखिएका छन् ।

पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रचण्ड र नेपालले गल्ती स्वीकार गर्न र प्रतिनिधिसभा विघटनको निर्णय सच्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

दुबै नेताले प्रधानमन्त्री ओलीको चर्को आलोचनाका साथै अझै सच्चिने अवसर रहेको उल्लेख गरेका थिए । ‘अहिले पनि सच्चिनुस्, गल्ती स्वीकार गर्नुस्। संसद विघटन गर्ने निर्णय बेठिक भयो भन्नुस् ।

क्याबिनेटबाट एउटा प्रस्ताव पास गर्न सक्नुहुन्छ । संवैधानिक महत्व नभएपनि राजनीतिक महत्व हुन्छ । त्यसकै निम्ति वामदेव कमरेड लाग्नुभएको छ,’ नेता नेपालले भने ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सच्चिन तयार हुनुपर्ने बताए । कार्यक्रममा प्रचण्डभन्दा बढी माधव ओलीसँग नरम रुपमा प्रस्तुत भएका थिए । प्रचण्ड भने आक्रामक नै देखिन्थे ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक