Logo

मंगलवार, भाद्र ९ गते २०८३

भीम रावलको गृहजिल्लामा ओली समूहको दबदबा, केन्द्रीय नेता आउँदा उर्लियो जनसागर, रावलका कार्यकर्ता भागाभाग !

भीम रावलको गृहजिल्लामा ओली समूहको दबदबा, केन्द्रीय नेता आउँदा उर्लियो जनसागर, रावलका कार्यकर्ता भागाभाग !


भीम रावलको गृहजिल्लामा ओली समूहको दबदबा, केन्द्रीय नेता आउँदा उर्लियो जनसागर, रावलका कार्यकर्ता भागाभाग !

अछाम । नेकपाका नेता भीम रावलको जिल्लामा केपी ओली समूहको पक्षमा जनलहर देखिएको छ ।

मंगलवार सम्पन्न बृहत आमसभामा देखिएको उपस्थितिले यस्को पुष्टि गरेको छ । केन्द्रबाट नेता ओर्लिँदा भीम रावलका कार्यकर्ता नआत्तिएका होइनन् ।

तर जनताको माहोलले उनीहरुको भागाभाग भयो । ओलीको प्रतिनिधित्व गर्दै आएका प्रदेश अध्यक्ष कर्ण थापालाई अछामवासीले भव्य स्वागत गरे । कार्यक्रममा प्रदेश अध्यक्ष थापाले दाहाल(नेपाल समूहका नेता भीम रावलसँग राजनीतिक संस्कार नभएको बताए ।

नेता थापाले आफ्नो निजी स्वार्थभन्दा माथि उठ्न नजानेका रावलकै कारणले पार्टी विभाजनको स्थितिमा पुगेको आरोप लगाए । आफ्नो धेरै मानसम्मान खोज्ने  रावल केही निश्चित व्यक्तिको सल्लाहमा अघि बढ्दा उनकै गृहजिल्लामा ओली समूहको दबदबा रहेको दाबी गरे ।

रावलले कहिले पनि जनताको मतको मूल्याङ्कन नगरेको भन्दै उनले पद मात्रै खोज्ने प्रवृत्तिले पार्टीलाई ठूलो क्षति पुगेको थापाले बताए । सरकारका राम्रा कामको प्रचार गर्न छोडेर सरकारलाई गाली गर्दै हिँड्न भ्याएका रावलले पार्टी एकता नचाहेको पनि थापाले आरोप लगाए ।

सरकारका राम्रा काम देखेर अतालिएकाहरू पार्टी विभाजनतर्फ लागेका छन्ु, उनले भने, पार्टी एकतापछि पनि माधव(प्रचण्डको स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री केपी ओलीविरुद्वमा लागेकाले उनीहरूमा कुनै राजनीतिक एजेन्डा छैन ।

अछाममा ओली समूहको संगठन बलियो रहेको बताउँदै उनले आमकार्यकर्तालाई संगठन थप मजबुत बनाउन अनुरोध गरे ।

अहिले नेता रावलको ध्यान पार्टीको सम्पत्तिमा केन्द्रित रहेको भन्दै थापाले एकलौटी प्रयोग गर्न खोजे त्यसको परिणाम नराम्रो हुने चेतावनी पनि दिए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक