Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओलीमा हिटलर प्रवृत्ति देखियो, सर्वनाश नभएसम्म छोड्दैनन्- डा. बाबुराम भट्टराई

ओलीमा हिटलर प्रवृत्ति देखियो, सर्वनाश नभएसम्म छोड्दैनन्- डा. बाबुराम भट्टराई


ओलीमा हिटलर प्रवृत्ति देखियो, सर्वनाश नभएसम्म छोड्दैनन्- डा. बाबुराम भट्टराई

काठमाडौं। जनता समाजवादी दल जसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीमा हिटलर प्रवृति देखिएको बताएका छन् ।

जसपाका नेता समेत रहेका डा. भट्टराईले ओलीले सर्वनाश नभएसम्म नछाड्ने समेत बताएका छन् । जनता समाजवादी पार्टीले बुधबार पोखरामा आयोजना गरेको विरोधसभामा बोल्दै  डा। भट्टराईले भने, ‘ओलीमा हिटलर प्रवृत्ति देखियो, जसरी हिटलरले द्वन्द्व मच्चाए, अहिले ओलीले पनि त्यस्तै गर्दैछन्, तपाईंहरुलाई लाग्ला चुनाव हुन्छ भनेर तर भ्रममा नपर्नु चुनाव हुँदैन। ओलीलाई थाहा छ, चुनावमा गए हार निश्चित छ भनेर, बहुमतको आधार छैन भन्ने थाहा छ, हिटलरले जे गरे ओलीले त्यही गरेका छन्।

भट्टराइले प्रधानमन्त्री ओली आफूलाई मन नपरेको सबै चिजको सत्यानाश गर्ने प्रवृत्तिको भएको जिकिर गर्दै प्रतिनिधिसभा विघटन पनि नभएको बताए।

‘उनले हार मान्दैनन्। संकटकाल र आपतकालको घोषणा गर्ने नियतले यो गरेका हुन्’, नेता भट्टराईले भने ,‘संसद् भंग गरेपछि प्रधानमन्त्री समेत बस्न पाइदैँन तर बसेका छन्। संकटकाल लाग्यो भने ओलीतन्त्रले देशमा अराजकता मच्चाउँछन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक