Logo

बुधवार, भाद्र १० गते २०८३

ओली भन्दा देउवा मनपर्ने प्रचण्डलाई किन चाईयो सुर्य चिन्ह ? यस्तो छ भित्रि खेल !

ओली भन्दा देउवा मनपर्ने प्रचण्डलाई किन चाईयो सुर्य चिन्ह ? यस्तो छ भित्रि खेल !


ओली भन्दा देउवा मनपर्ने प्रचण्डलाई किन चाईयो सुर्य चिन्ह ? यस्तो छ भित्रि खेल !


काठमाडौं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भेटेका छन् ।
आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सिध्याउने खेल रच्ने प्रचण्डले हिजो साँझ दुई घन्टाको भेटमा दुई नेताबीच समिकरण बनाएर जानेबारे छलफल भएको थियो । ६ बजे देखि ८ बजेसम्म भएको भेटमा प्रचण्ड र नेपालले देउवालाई संसद पुनःस्थापनामा एकजुट भएर अघि बढ्न प्रस्ताव गरेका थिए ।
अदालतको फैसला जेसुकै भएपनि संसद पुनःस्थापनाको पक्षमा मिलेर जान प्रचण्ड र नेपालले प्रस्ताव गरेका थिए । विश्वस्त स्रोतका अनुसार भविष्यसँग मिलेर जाने गरी देउवालाई प्रचण्ड र नेपालले प्रस्ताव गरेका थिए ।
देउवाले चुनावमा बढी जोड दिइरहेकोमा प्रचण्ड र नेपालले चासो देखाएका थिए । ओलीले चुनाव नगर्ने र भ्रममा नपर्न समेत भनेको बुझिएको छ । देउवाले भने लोकतन्त्रमा चुनाव अनिवार्य भएको जवाफ दिएका थिए । उनले अदालतको आदेशलाई पर्खेर अघि बढ्ने जवाफ दिएका थिए । 
प्रचण्ड र नेपालले भने संयुक्त आन्दोलनको प्रस्ताव गरेका थिए । संसद पुनःस्थापनाको पक्षमा संयुक्त रुपमा अघि बढ्ने उनीहरुको प्रस्ताव थियो । बरु त्यसपछि सत्ता मिलेर सञ्चालन गर्नेबारे राजनीतिक लेनदेनको कुरा हुनसक्ने बताएका थिए ।
देउवासँग प्रचण्ड र नेपालले भेटेर भविष्यसँग मिलेर जाने कुराकानी गरेपछि बालुवाटार सतर्क भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे निकै चासो राखेको बुझिएको छ ।
ओली र देउवाबीच भित्री रुपमा सम्झौता भएको चर्चा चल्दै आएको छ । प्रतिनिधिसभा बिघटनमा देउवाले ओलीलाई साथ दिइरहेको चर्चा चलिरहेको छ ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक