Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रधानमन्त्री ओलीलाई पछार्न चिनियाँ चलखेल, राष्ट्रपतिसँग यान्छीको २ घण्टा वार्ता

प्रधानमन्त्री ओलीलाई पछार्न चिनियाँ चलखेल, राष्ट्रपतिसँग यान्छीको २ घण्टा वार्ता


प्रधानमन्त्री ओलीलाई पछार्न चिनियाँ चलखेल, राष्ट्रपतिसँग यान्छीको २ घण्टा वार्ता

काठमाडौं। प्रतिनिधि सभा विघटनपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपालाई मिलाउँन चिनियाँ सक्रियता निरन्तर रहिआएको छ ।

यसबीच सर्वोच्च अदालतले संसदविघटन विरुद्ध परेको मुद्दाको सुनुवाइ र निर्वाचन आयोगले चुनाव चिन्ह कुन पक्षलाई दिने निर्णय गर्ने भन्ने निर्णय अन्तिम अवस्थामा पुगेको छ ।

यदि चुनाव चिन्ह ओली समुहले पाए भने नेकपा वैधानिकरुपमै विभाजित हुने सम्भावना रहेको छ । यसो हुँन नदिन चिनियाँ चलखेल फेरि उग्ररुपमा सुरु भएको हो ।

शुक्रबार नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीले दुई घण्टा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । साढे ५ बजे शितलनिवास पुगेकी यान्छी आठ बजेमात्रै निश्किएकी थिइन् । 

यतिमात्रै हैन्, पछिल्लो समय चिनिया राजदुत  यान्छीले नेकपाका र्शीष नेता र मन्त्रीहरुसबैलाई गरी सय पटकभन्दा बढी भेटघाट गरेकी छन् । चीनले कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यचौको नेतृत्वमा गत महिना टोली पठाएको थियो ।नेकपा मिलाउँन कै लागि चिनियाँ टोली गोप्यरुपमा नेपालमा सक्रिय भएको समेत बाहिरिएको छ ।

नेपालमा कम्युनिस्ट सरकार नै स्थापना गराउँन र आफ्नो राजनीतिक हस्तक्षेप कायम राख्नका लागि चीनले निकै हदसम्म प्रयास गरिरहेको छ । यद्यपि, राजदुत यान्छीलाई भेट्न ओलीले मानेका छैनन् ।

ओली आफ्नै लयमा अघि बढीरहँदा उनले चुनाव चिन्ह सुर्य नै पाएमा प्रचण्डपक्षलाई नटेर्ने निश्चित देखिन्छ । यसोहुँदा नेकपा टुक्रिन्छ र कांग्रेस सरकारमा आउँने सम्भावना बढ्छ । यो हुँन नदिन चीनले अनेकौं चलखेल गरिरहेको हो ।

नेपाल आन्तरिक राजनीतिक मामिलालाई आफ्नो मनमर्जी अनुसार व्यवस्थीत गर्न चीन खुलमखुला रुपमा सक्रिय हुनु निकै नै लजास्पद मानिएको छ । 

निर्वाचन आयोगले चाँडै नै सुर्य चिन्ह र नेकपाको वैधानिकताबारे निर्णय दिने भएको छ । अदालतमा संसद बिघटनविरुद्ध बृहत पूर्ण इजलाशमा सुनुवाईको माग अस्वीकृत भई संवैधानिक इजलाशमै सुनुवाई हुने परमादेश आज जारी भएको छ । स्रोत : नेपालपाना डट कम  

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक