काठमान्डौ-प्रतिनिधि सभा विघटन भएपछि सबैभन्दा भाँडभैलो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको छ । नेकपा विभाजित हुन सकेको छैन ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग रिसाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले अर्को गुट चलाउन थालेका छन् ।ओली नेतृत्वको नेकपाले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय कब्जा गरेर बसेको छ । प्रचण्ड–माधव नेतृत्वको नेकपाले पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बैठकहरू गर्दै आएको छ ।नेकपा फुट्नका लागि निर्वाचन कानूनले दिएको छैन । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा पार्टीलाई अध्यावधि गरिएको पत्र पठाएर जानकारी गराएका छन् ।
ओलीले पार्टी विभाजन भएको जानकारी आयोगलाई दिएका छैनन् । उनले कुनै पनि नेतालाई कारबाही गरेका छैनन् । ओलीको रणनीति चाल पाएका प्रचण्ड–माधव समूहले नेकपामा आफूहरू अधिकारिकताका लागि माग दाबी गरेका छैनन् । कानूनअनुसार ओली बलियो अवस्थामा छन् ।राजनीतिक र संख्याको आधारमा हेर्ने हो भने प्रचण्ड–माधव समूह बलियो देखिन्छ । आयोगलाई यस्तो अवस्थामा नेकपा ओली समूह वा प्रचण्ड–माधव समूह कस्को हो भनेर फैसला सुनाउन समस्या भएको छ ।नेकपा नफुटेपछि केही महिनापछि नेकपा एकीकृत हुने सम्भावना ठूलो छ । अहिले एकअर्कालाई दोष दिइएपनि नेकपामा दुबै पक्षले पार्टीमा एकले अर्कालाई हटाएको छैन ।
नेकपालाई मिलाउन दुबै समूहका दोस्रो तहका नेताहरूले भूमिका खेलिरहेका छन् । छलफलहरू बाक्लै भएपनि कुरा मिलेको छैन । उता, प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको एउटा समूहलाई भित्र्याउन खोजेका छन् ।
हालै मात्रै जसपाका दुई जना केन्द्रीय सदस्यलाई ओलीले नेकपामा स्वागत गरिसकेका छन् । स्रोतका अनुसार जसपाका नेता राजेन्द्र महतोलाई नेकपामा भित्र्याउन ओलीले ठूलो प्रयास गरेका छन् ।
ओली र महतोबीच बेलाबेला भेटवार्ता भइरहेको नेकपाका एकजना केन्द्रीय सदस्यले बताए । जसपाका महन्थ ठाकुर र शरतसिंह भण्डारी प्रचण्ड–माधव समूहसँग मिलेर जाने योजना बनाएको चर्चा छ ।
ठाकुर र भण्डारीले प्रचण्ड–माधव समूहसँग गोप्य भेटवार्ताहरू गरेको स्रोतले जनाएको छ । ठाकुर र भण्डारीसँगै अन्य नेताहरू पनि डा।बाबुराम भट्टराई र उपेन्द्र यादवसँग रिसाएका छन् । बाबुराम र उपेन्द्रले तत्कालीन राजपाका नेताहरूलाई मन पराउँदैनन् । उनीहरूबीचको सम्बन्ध राम्रो छैन ।नेकपाभित्रको विवाद सरेर जसपामा पुगेको छ । जसपाभित्रको विवादका कुराहरू धेरै बाहिर आएका छैनन् । तर, जसपाभित्र विभाजनको ठूलो आशंका गरिएको छ ।
कांग्रेस सभापति देउवा कसको पक्षमा ?
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावको पक्षमा छन् । उनी प्रतिनिधि सभा विघटनबारे अदालतको फैसला पर्खन भन्दै आएका छन् । साथै चुनावमा गएर समस्या समाधान गर्न सकिने जिकिर गरिरहेका छन् ।देउवाको चुनावप्रतिको व्यग्रताको कारण नेपाल कम्युनिस्ट पार्टी विभाजनको अवस्थामा हुनु र काँग्रेसको १४ औं महाधिवेशन केही पछि धकेल्नु मुख्य कारण देखिएको छ । उनी चुनाव भएमा काँग्रेसले सानदार मत ल्याउने आशामा छन् । पछिल्लो समय चुनावप्रति देउवाको बढी मोहको कारण प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भित्री समिकरण पनि हो । ओलीले देउवालाई संवैधानिक परिषद्बाट संवैधानिक आयोगमा हालै भएका नियुक्तिमा विभिन्न क्षेत्रमा भाग दिएका छन् ।
कतिपय निकायमा देउवा निकटस्थ नियुक्त हुनु संयोग मात्र होइन । अर्कोतर्फ, नेकपा विभाजनपछि प्रदेश सरकारहरु धरापमा पर्न थालेका छन् । ओली निकटस्थ मुख्यमन्त्रीहरुमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि देउवासँग समिकरण गरेर असफल बनाउन ओली पक्षधर सक्रिय भइसकेका छन् ।प्रदेशमा समिकरणको तयारी भएको छ । देउवालाई ओलीले नजिक पारेपछि नेकपा प्रचण्ड माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल शतर्क भएका छन् । उनीहरुले देउवालाई यसै हप्ता भेटेर भविष्यसम्म सहकार्य गरेर जाने प्रस्ताव गरेका छन् । विश्वस्त स्रोतका अनुसार देउवालाई संसद पुनःस्थापनाको पक्षमा उभिएमा त्यसपछि गठन हुने सरकारमा प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्ड र माधव नेपालले गरेका छन् ।कुनै महत्वपूर्ण प्रस्ताव विना देउवा नमान्ने बुझेर प्रचण्ड र नेपालले प्रधानमन्त्रीकै प्रस्ताव गरेका छन् । तर, देउवाले यसलाई सकारात्मक रुपमा लिएका छैनन् । उनी संसद पुनःस्थापना भन्दा नयाँ चुनावबाट प्रधानमन्त्री बन्ने दाउमा छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक