काठमान्डौ - प्रतिनिधि सभा विघटन भएपछि सबैभन्दा भाँडभैलो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको छ । नेकपा विभाजित हुन सकेको छैन ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग रिसाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले अर्को गुट चलाउन थालेका छन् ।
ओली नेतृत्वको नेकपाले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय कब्जा गरेर बसेको छ । प्रचण्ड–माधव नेतृत्वको नेकपाले पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बैठकहरू गर्दै आएको छ ।
नेकपा फुट्नका लागि निर्वाचन कानूनले दिएको छैन । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा पार्टीलाई अध्यावधि गरिएको पत्र पठाएर जानकारी गराएका छन् ।
ओलीले पार्टी विभाजन भएको जानकारी आयोगलाई दिएका छैनन् । उनले कुनै पनि नेतालाई कारबाही गरेका छैनन् । ओलीको रणनीति चाल पाएका प्रचण्ड–माधव समूहले नेकपामा आफूहरू अधिकारिकताका लागि माग दाबी गरेका छैनन् । कानूनअनुसार ओली बलियो अवस्थामा छन् ।
राजनीतिक र संख्याको आधारमा हेर्ने हो भने प्रचण्ड–माधव समूह बलियो देखिन्छ । आयोगलाई यस्तो अवस्थामा नेकपा ओली समूह वा प्रचण्ड–माधव समूह कस्को हो भनेर फैसला सुनाउन समस्या भएको छ ।
नेकपा नफुटेपछि केही महिनापछि नेकपा एकीकृत हुने सम्भावना ठूलो छ । अहिले एकअर्कालाई दोष दिइएपनि नेकपामा दुबै पक्षले पार्टीमा एकले अर्कालाई हटाएको छैन ।
नेकपालाई मिलाउन दुबै समूहका दोस्रो तहका नेताहरूले भूमिका खेलिरहेका छन् । छलफलहरू बाक्लै भएपनि कुरा मिलेको छैन । उता, प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको एउटा समूहलाई भित्र्याउन खोजेका छन् ।
हालै मात्रै जसपाका दुई जना केन्द्रीय सदस्यलाई ओलीले नेकपामा स्वागत गरिसकेका छन् । स्रोतका अनुसार जसपाका नेता राजेन्द्र महतोलाई नेकपामा भित्र्याउन ओलीले ठूलो प्रयास गरेका छन् ।
ओली र महतोबीच बेलाबेला भेटवार्ता भइरहेको नेकपाका एकजना केन्द्रीय सदस्यले बताए । जसपाका महन्थ ठाकुर र शरतसिंह भण्डारी प्रचण्ड–माधव समूहसँग मिलेर जाने योजना बनाएको चर्चा छ ।
ठाकुर र भण्डारीले प्रचण्ड–माधव समूहसँग गोप्य भेटवार्ताहरू गरेको स्रोतले जनाएको छ । ठाकुर र भण्डारीसँगै अन्य नेताहरू पनि डा।बाबुराम भट्टराई र उपेन्द्र यादवसँग रिसाएका छन् । बाबुराम र उपेन्द्रले तत्कालीन राजपाका नेताहरूलाई मन पराउँदैनन् । उनीहरूबीचको सम्बन्ध राम्रो छैन ।
नेकपाभित्रको विवाद सरेर जसपामा पुगेको छ । जसपाभित्रको विवादका कुराहरू धेरै बाहिर आएका छैनन् । तर, जसपाभित्र विभाजनको ठूलो आशंका गरिएको छ ।
सुवास नेम्वाङ के भन्छन ?
पूर्वसभामुख तथा नेकपा ओली समूहका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले निर्वाचनबाट नयाँ प्रधानमन्त्री नआउञ्जेदल वर्तमान मन्त्रिपरिषद्ले सम्पूर्ण काम गर्न पाउने व्यवस्था संविधानमै उल्लेख भएको बताएका छन् ।
पार्टीको प्रदेश (१) सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा नेम्वाङले निर्वाचन आयोगले निर्वाचन आचार-संहिता जारी नगर्दासम्म सरकारले सम्पूर्ण काम गर्न पाउने बताए ।
वर्तमान सरकारले संविधानअनुसार नै काम गरिरहेको उनको भनाइ छ । संसद् विघटन भइसकेपछि सरकारले गरेका विभिन्नर काममा प्रश्न उठाइएको भन्दै उनले सरकार संविधानअनुसार नै कार्यरत रहेको दाबी गरे ।
संविधानको धारा ७७ ले प्रधानमन्त्री कस्तो अवस्थामा रिक्त हुन्छन् भन्नेत व्यवस्था गरेको उनले बताए । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारले तोकिएको समयमा निर्वाचन गराउदैन भनि भ्रम फैलाउँदै सर्वोच्चलाई अनावश्यक दबाब दिन खोजिएको नेम्वाङको भनाइ छ ।
उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने बताए । देशको संविधान, कानुन तथा विगतको अभ्यासहरूको आधारमा पार्टीको आधिकारिकता आफुहरूले पाउनुको विकल्प नरहेको उनको भनाइ छ ।
नेम्वाङले संविधानमा संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकार पनि हुने बताए । संविधानले प्रधानमन्त्रीको विशेषाधिकारलाई निषेध नगरेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले आफुलाई बहुमत हुँदाहुँदै काम गर्न नदिएको भन्दै जनतामा जाने निर्णय गरेकाले जनतामा जाने कुरा ठिक कि बेठिक भन्ने चुनाव हुँदा जानताले नै फैसला गर्ने नेम्वाङले बताए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक