काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली संविधान बनाउन तयार नभएपछि प्रधानमन्त्रीको प्रस्ताव गरेर मनाएको दावी गरेका छन्।
कमलादीस्थित प्रज्ञा भवनमा आयोजित अनेरास्वियु (दाहाल–नेपाल)को उपत्यकाव्यापी भेलामा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले भने, ‘संविधान बनाउने पक्षमा ओलीलाई देखेको थिइनँ। प्रधानमन्त्रीको प्रस्ताव गर्छु भनेपछि संविधान बनाउन कस्सिनु भयो।’
संसद विघटन गरेर संविधानमाथि निरंकुशताको बुट बझारिएको प्रचण्डले बताए। देशमा डढेलो लागेको अवस्थामा पनि ओली हाँसिरहेको उनको भनाइ छ।
संविधानमाथि हमला गरेर ओली नाङ्गिएको भएपनि हाँस्दै हिँडेको उनको आरोप छ। ओली अझैपनि बयलगाडामै रहेको उनको भनाइ छ।
आफू ओलीसमक्ष पार्टी एकताको प्रस्ताव लिएर जाँदा तयार नभएको उनले दावी गरे। प्रचण्डले भने, ‘केपी ओली पार्टी एक गर्न तयार थिएनन्।प्रधानमन्त्री बनाउँछु भनेपछि मान्नुभो।’
साथै प्रचण्डले ओली लम्पसारवादी भएको पनि आरोप लगाए।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण