Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रचण्ड लगायत नेताहरुको सम्पति छानविन गर्न शक्तिशाली आयोग,ओली एक्सनमा उत्रिएपछि पेरिसडाँडामा खैलाबैला !

प्रचण्ड लगायत नेताहरुको सम्पति छानविन गर्न शक्तिशाली आयोग,ओली एक्सनमा उत्रिएपछि पेरिसडाँडामा खैलाबैला !


प्रचण्ड लगायत नेताहरुको सम्पति छानविन गर्न शक्तिशाली आयोग,ओली एक्सनमा उत्रिएपछि पेरिसडाँडामा खैलाबैला !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्ने तयारी गरेका छन् । सम्पूर्ण नेताहरुको छानविन गर्न ओलीले चाँडै छानविन आयोग बनाउने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

आयोगले खासगरी प्रचण्ड र माधव नेपाल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, वामदेव गौतम, रामचन्द्र पौडेल लगायत शिर्ष  नेताहरुको सम्पत्तिको स्रोत खोज्नेछ । माधव नेपाल आफै पनि बालुवाटार जग्गा प्रकणमा मुछिएका विवादित नेता हुन् ।

आयोगले ओली समूहकै नेताको पनि सम्पत्ति छानविन गर्ने प्रमको सचिवालयका सदस्य दावी गर्छन् । आयोगको खाका समेत गृहकार्यमा रहेको सचिवालय स्रोतले दावी गर्यो।

आयोगले देशको उच्च तहमा पुगेका सबै राजनीतिक, प्रशासनिक र प्राविधिकहरुको सम्पत्तिको छानबिन गर्ने पनि बताइएको छ ।

आयोगबाट सिफारिस भई अख्तियारले अकुत सम्पत्ति कमाउने भ्रष्ट नेतालाई कारवाही गर्नेछ । प्रधानमन्त्री ‌ओलीले आयोग गठनको तयारी गरेको सूचना पेरिसडाँडा पुगिसकेको छ  ।

आफूहरुमाथि प्रतिशोध साधिए कडा प्रतिकार गर्ने रणनीतिमा जानुपर्ने सोच पेरिसडाँडाको रहेको जानकार स्रोत बताउँछ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक