Logo

मंगलवार, भाद्र ९ गते २०८३

नेकपाका तीन शक्तिशाली नेता ओलीपक्षमा , प्रचण्ड एक्लिए

नेकपाका तीन शक्तिशाली नेता ओलीपक्षमा , प्रचण्ड एक्लिए


नेकपाका तीन शक्तिशाली नेता ओलीपक्षमा , प्रचण्ड एक्लिए

काठमाडौं। विभाजित नेकपाका तीन शक्तिशाली नेताहरु ओलीपक्षमा लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा राजीनामा दिनेहरु समेत अहिले ओलीपक्षमै फर्किएपछि प्रचण्डपक्षलाई तनाब बढेको छ ।

प्रदेश १ का तीन सांसद जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली ओलीपक्षमा गएका हुन्। गजमेर प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री पनि गजमेरले पुस १२ गते पदबाट राजीनामा दिएकी थिइन् ।

यतिमात्रै हैन्, सोही दिन मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर समेत गरेकी थिइन्। 

राजीनामाअघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ओली समूहले बनाएको केन्द्रीय सदस्यमा नबस्ने बताएकी थिइन् ।

तर राजीनामा दिएको २२ दिनपछि उनी पुनः ओली समूहमा फर्किएकी छन् । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाबाट मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीनजनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।

प्रदेशमा पक्षगत सांसदको संख्याले महत्वपूर्ण भुमिका खेल्नेहुँदा अहिले सांसदहरु शक्तिशाली ठहरिएका छन् ।

यसरी निरन्तररुपमा ओलीपक्षमा नेताहरु थपिँदै गर्दा प्रचण्डलाई आफु एक्लिने डर बढ्न थालेको देखिन्छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक