काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवासमा पुगेका छन् । सोमबार सभापति देउवा बोहराटारस्थित पौडेलनिवासमा पुगेका हुन् ।
नेकपा विभाजित रहेका बेला चुनाव समेत तय भएको बेला कांग्रेसले पनि आफ्ना गतिविधि विस्तार गर्दै गएको छ ।
यसबीच सभापति देउवा पौडेल निवास पुग्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
यद्यपी पछिल्लो समय कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवादका बारेमा छलफल एवं समाधानलाई अन्तिम रुप दिन भेट भएको स्रोतको भनाइ छ ।
यसबाहेक भेटमा पार्टीको अन्य आन्तरिक विषयमा पनि छलफल भएको बुझिएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक