Logo

मंगलवार, भाद्र ९ गते २०८३

बाबुरामको प्रस्ताव :- प्रचण्ड धोकेबाज हुन् विश्वास छैन,कांग्रेसले नेतृत्व लिनुपर्छ !

बाबुरामको प्रस्ताव :- प्रचण्ड धोकेबाज हुन् विश्वास छैन,कांग्रेसले नेतृत्व लिनुपर्छ !


बाबुरामको प्रस्ताव :- प्रचण्ड धोकेबाज हुन् विश्वास छैन,कांग्रेसले नेतृत्व लिनुपर्छ !

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनको अगुवाई नेपाली कांग्रेसले गर्नुपर्ने बताएका छन् ।

सोमवार राजधानीमा आयोजित कार्यक्रममा बाबुरामले आफू बीपी कोइरालाको अनुयायी भएको र गणेशमानलाई सधैं सम्मान गर्ने उल्लेख गरे । संविधानसभा अगाडि १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका पक्षधर कमजोर हुँदा अहिलेको अवस्था आएको दाबी गरे ।

नयाँ संविधान १२ बुँदे समझदारीबाट आएको उल्लेख गर्दै काँग्रेस र तत्कालीन माओवादी कमजोर हुँदा केपी ओलीजस्तो व्यक्ति हावी भएको उनको भनाई थियो । भट्टराईले काँग्रेसले उदारमात्र र अरुले समाजवादीको कुरामात्र गर्न नहुने उल्लेख गरे ।

बाबुरामले सरकारविरुद्ध प्रचण्डले हिंसात्मक आन्दोलनको कुरा गरेको प्रसंगमा ठेक्का लिन नसक्ने बताए । उनले भने, ‘एक जना साथीले हिंसात्मक आन्दोलनको कुरा गर्नुभयो ।

प्रचण्डजीको बारेमा म ठेक्का लिन्नँ । उहाँले कहिले के बोल्नुहुन्छ रु आफैले बिहान बोलेको बेलुका उहाँलाई सम्झना हुँदैन ।’ उनले सक्दो शान्तिपूर्ण ढंगले आन्दोलन गर्ने बताए ।

हस्ताक्षेप बढ्यो भने रामनाम जपेर बस्न नसक्ने समेत बाबुरामको भनाई थियो । भने, ‘हस्ताक्षेप बढ्यो भने हामी हातमा दही जमाएर बस्नेरु हामी रामनाम जपेर बस्दैनौ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक