काठमाडौं - प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको निर्णयप्रति वामदेव गौतमको असहमति छ । संसद् विघटन गरिएकै दिन, ५ पुसमा गौतमले प्रेस नोट मार्फत् संसद् विघटनलाई असंवैधानिक कदम भने । तर, त्यसैदिन ओलीविरुद्ध बनेको गठबन्धनबाट पनि उनी बाहिरिए ।
एक वर्षदेखि पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठसहितको गठबन्धनमा वामदेव सामेल भएका थिए । गत असारमा ओलीसँग अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा माग्ने तहमै पुगेका गौतम यही गठबन्धनमा उभिँदै पार्टी उपाध्यक्ष र राष्ट्रियसभा सदस्य पनि बने ।
तर, संसद् विघटनको विरोध गरेका गौतमले गठबन्धन छोड्नुमा भने नेकपा विभाजन कारक बन्यो । पार्टी विभाजन भए कतै पनि नलाग्ने घोषणा गौतमले धेरै पहिले नै गरेका थिए ।
पार्टी एकता जोगाउने सर्तमा प्रेस नोट जारी गरेरै गत १३ साउनमा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष स्वीकार्न गौतम तयार भएका थिए । गौतम अडानबाट पछि हटेसँगै जोगिएको नेकपा ५ पुसपछि अन्ततः विभाजित भयो ।
निर्वाचन आयोगको वैधानिकता कुरिरहेका दुवै समूह ओली र प्रचण्ड–माधव ले गौतमलाई आफूतिर खुल्न आग्रह गरिरहेकै छन् । तर, गौतम भने छुट्टै अभियान चलाउन संगठनात्मक संरचना निर्माणमा होमिएका छन् ।
यस अवधिमा गौतमले दुई पुस्तक पनि लेखे– जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन र एक्काइसौं शताब्दीको कम्युनिष्ट पार्टी । छपाइका क्रममा रहेका यी पुस्तकहरू गौतमले बनाउन लागेको ‘नेपाल कम्युनिष्ट पार्टी नेकपा पार्टी एकता राष्ट्रिय अभियान’ निर्माणको प्रयोजनका निम्ति लेखेका हुन् ।
गौतमका प्रेस संयोजक विश्वमणि सुवेदी यी पुस्तकहरुको विमोचन र पार्टी एकता अभियान घोषणा एकैदिन गर्ने तयारी भएको बताउँछन् । सुवेदीका अनुसार, माघ १५ भित्रै गौतमको संयोजकत्वमा अभियान घोषणा हुनेछ ।
माधव नेपाल प्रचण्ड लगाएतका नेताहरुले ओलीको कदम असंबैधानिक भन्दै आए पनि गौतमले भने सर्बोच्च अदालतमा सबैधानिक इजलासमा पुगेको बिषयलाई असंबैधानिक भन्न नमिल्ने बताएका थिए।
संसद बिघटनको बिषयमा आफ्नो असहमति रहे पनि चुनाबीमा जाने बिषयमा भने गौतम ओलीकै पक्षमा उभिने देखिएको छ। उनले चुनाब जानको लागि आफु निकट नेता तथा कार्यकर्ता हरुलाई पनि उत्साहित बनाएका छन्
जिल्ला तहमै अभियान सुरु
गौतमको संयोजकत्वमा ७५१ सदस्य केन्द्रीय संरचना निर्माण अन्तिम चरणमा पुगेको गौतम निकट नेता हरि पराजुली बताउँछन् । उनका अनुसार, अभियानमा जोडिन चाहनेको संख्या बढेको र विभाजित नेकपाका दुवै तर्फ खुलेकाहरुलाई समेत समेट्न केन्द्रीय सदस्यको संख्या बढाइएको छ ।
शुरूमा १५०१ सदस्यीय दबाव अभियान बनाउने चर्चा थियो । तर, नेकपा ओली समूहले त्यो भन्दा ठूलो कमिटी बनाएपछि १५१ मा सीमित गर्ने योजना गौतमले बनाएका थिए ।
संशोधन गरिएको यो कमिटी घोषणासँगै जिल्ला तहको संरचना पनि घोषणा गरिने भएको छ । अहिलेसम्म गौतमको अभियान अन्तर्गत ३६ जिल्लामा भेला, बैठक र छलफल भएको पराजुली बताउँछन् ।
केन्द्रकै जस्तो मोडालिटीमा जिल्ला संरचना बन्नेछ, केन्द्रबाट इन्चार्जको जिम्मेवारी दिइनेछ’, उनी भन्छन् । केन्द्रमा भने सात सदस्यीय सचिवालय बनाउने गौतमले तयारी गरेका छन् । त्यसमा गौतम, लक्ष्मण ज्ञवाली, शान्ता मानवी र हरि पराजुली रहने लगभग निश्चित छ ।
अन्य नेताहरुबारे भने छलफल चलिरहेको गौतमको सचिवालयले जनाएको छ । विशेषगरी ओली र प्रचण्ड–माधव समूहमा खुलेको, तर एकताका लागि नरमपन्थी नेतालाई राख्ने तयारी छ ।
बल्खुस्थित अखिल नेपाल किसान महासंघ रहेको भवनमा कार्यालय सञ्चालनमा ल्याइएको यो अभियानको कार्यक्रमिक उद्देश्य तीन चरणसम्म पुग्नेछ ।
एक– संसद् पुनस्र्थापना भए फेरि एकता स् संसद् विघटन गर्ने ओलीको निर्णय सर्वोच्च अदालतले सदर गरेमा वा नगरेमा के गर्ने भन्ने योजना गौतमले बनाएका छन् । संसद् विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेकाले अब यो संवैधानिक बनेको तर्क गौतमको छ ।
यदि, संसद् विघटन गर्ने निर्णय अदालतले उल्टाइ दिएमा गौतमको अभियान फेरि पनि विभाजित नेकपालाई एक बन्न दबाव दिने नै हो । निर्वाचन आयोगले वैधानिकता नटुंग्याएकाले नेकपा अहिलेसम्म औपचारिक रुपमा विभाजन भएको छैन ।
तर, अनौपचारिक विभाजन स्थानीय तहसम्मै पुगिसकेको छ । नेकपाका कुनै पनि समूहलाई विभाजनले फाइदा नपुग्ने भएकाले उपयुक्त विकल्प लिएर मिल्नुपर्ने गौतमको तर्क छ ।
दुवै समूहका शीर्ष नेताहरुसहित आफू पनि सल्लाहकार बनेर पार्टी विभाजन रोक्न सकिने विकल्प गौतमले सार्वजनिक नै गरेका छन् । गौतमको प्रस्तावमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, केपी ओली, ईश्वर पोखरेल र स्वयम् उनी सल्लाहकार बस्दा पार्टी विभाजन रोकिन्छ ।
फेरि एकताबद्ध पार्टी अगाडि बढ्छ । तर, विभाजन नरोकिए कम्युनिष्ट आन्दोलन नै सकिने निष्कर्ष गौतमको छ । दुई– चुनावमा गठबन्धन : संसद् विघटनको निर्णय अदालतले सदर गरिदिएमा पनि गौतमको दबाव एकतामै हुनेछ ।
प्रतिनिधिसभा पुनस्र्थापित नभए मुलुक ढिलोचाँडो चुनावी कोर्समा जान्छ । चुनावमा विभाजित दुवै समूह हार्ने लगभग पक्का रहेको गौतमले बताउँदै आएका छन् ।
आफू निकट नेताहरुसँग, गौतमले नेकपाका दुवै समूहले जम्मा ७० सिट नकटाउने आँकलन सुनाउने गरेका छन् । ‘४०÷३०, ५०÷२० यस्तै अनुपातमा नतिजा आउन सक्छ, नेकपालाई सर्मनाक हारबाट जोगाउन चुनाव गठबन्धन गराउनुपर्छ’, गौतमले भन्ने गरेका छन् ।
विभाजित नेकपाको गठबन्धन हुन सके गौतमको अभियानमा जोडिएकाहरू पनि चुनाबमा होमिनेछन् । तर, एकपटक फुटिसकेको पार्टीहरू बीच गठबन्धन गर्दा पनि २०७४ को निर्वाचनमा जसरी नतिजा नल्याउनेमा गौतम प्रष्ट छन् ।
त्यसैले सकेसम्म एकतामै जोड दिन यो अभियानको घोषणा हुनेछ । तीन– नभए हात उठाउने १ पार्टी एकता सम्भव नहुने र चुनावमा गठबन्धन पनि नबने यो अभियानमा जोडिएका नेताहरुले हात उठाउने अनि आ–आफ्नो बाटोतर्फ लाग्ने छुट हुनेछ ।
कम्तिमा इतिहासले कम्युनिष्ट आन्दोलन जोगाउने ठूलै प्रयास यिनीहरुले गरेका थिए भन्ने छ । विश्वास छ, हामी हात उठाउने ठाउँसम्म पुग्दैनौं’, पराजुली भन्छन् ।
अहिले यो अभियानमा प्रदेश सांसददेखि स्थानीय जनप्रतिनिधिसमेत जोडिन पुगेका छन् । यदि, पार्टी एकता र त्यो नभए चुनावमा गठबन्धन पनि बन्न नसके यो अभियानमा जोडिएकाहरुले आफूलाई मन लागेको समूहमा जान सक्नेछन् । तर, छुट्टै पार्टीजस्तो बनेर चुनावमा भाग नलिनेमा प्रष्ट पारिएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक