Logo

मंगलवार, भाद्र ९ गते २०८३

संसद् पुनर्बहाली हुन्छ : नेपाल

संसद् पुनर्बहाली हुन्छ : नेपाल


संसद् पुनर्बहाली हुन्छ :  नेपाल

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले संसद् पुनर्बहाली हुने विश्वास व्यक्त गरेका छन् । नेकपाले वीरेन्द्रनगरमा आयोजना गरेको विरोध-सभामा उनले संविधानको धारा उल्लेख नगरेर प्रतिनिधिसभा भंग गरिएको बताए । 

“संसद् विघटन अलोकतान्त्रिक छ जसको सर्वत्र विरोध हुँदै आएको छ,” उनले भने, “यो पुनर्बहाली हुन्छ ।” पार्टीमा नेतृत्व नभई नीति प्रधान हुने पूर्वमहासचिव पुष्पलालको भनाइलाई उद्धृत गर्दै अध्यक्ष नेपालले पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्य रहन नसक्ने बताए ।नेकपाका नेता जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले संसद् विघटनबाट नागरिकको सपनामा गम्भीर प्रहार भएको गुनासो गरे । उनीहरुले सबै एकताबद्ध भएर विघटनको विरोधमा लाग्नुपर्नेमा जोड दिए । नेकपाका अर्का नेता प्रकाश ज्वालाले पार्टीलाई विभाजनको मुखसम्म पुर्‍याइएको आरोप लगाए । नेकपा नेता कालीबहादुर मल्ल, महिला नेतृहरु विमला केसी तथा सीताकुमारी नेपालीले संविधान विघटनको विरोध गरे ।

रासस

कामना न्यूज

  • शुक्रवार, माघ ९ २०७७१२:११:५०
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक