दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका समर्थकको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङ जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीका बुबा जितबहादुर बुढाथोकीको १३औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा शोक मन्तव्य व्यक्त गर्दै उनले पार्टीमा सक्रिय राजनीति गर्नेहरुको भूमिकासँगै र समर्थक तथा अभिभावकको भूमिका पनि महत्त्वपूर्ण हुने धारणा राखे ।उनले दिवंगत बुढाथोकीजस्तै पार्टीका समर्थकले गर्दा अहिले राष्ट्रको नेतृत्व गर्ने अवस्थामा पुगेको बताए । दाङ कम्युनिस्टको उर्बर क्षेत्रका रुपमा रहेको उल्लेख गर्दै उनले पार्टीमा बुढाथोकीको भूमिका महत्त्वपूर्ण रहेकाले त्यसलाई सबैले अनुसरण गर्नुपर्ने बताए । बुढाथोकीको ८३ वर्षको उमेरमा निधन भएको हो ।
रासस
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक