Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रचण्ड र बाबुराम फेरी एक हुदै,उपराष्ट्रपति कार्यालयमा भयो पार्टी एकीकरण गर्ने यस्तो गोप्य तयारी !

प्रचण्ड र बाबुराम फेरी एक हुदै,उपराष्ट्रपति कार्यालयमा भयो पार्टी एकीकरण गर्ने यस्तो गोप्य तयारी !


प्रचण्ड र बाबुराम फेरी एक हुदै,उपराष्ट्रपति कार्यालयमा भयो पार्टी एकीकरण गर्ने यस्तो गोप्य तयारी !


काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई बीच गोप्य छलफल भएको छ । 
लैनचौरस्थित एक व्यक्तिको नीजि निवासमा भएको छलफलमा अहिलेको आन्दोलनमा कार्यगत एकता लगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
अध्यक्ष प्रचण्ड अहिले सबै कम्युनिस्टलाई एकीकरण गर्ने अभियानमा लागेका छन् । सोही क्रममा आज उनले अध्यक्ष भट्टराईसँग छलफल गरेको स्रोतले जनाएको छ ।
अहिले जसपा नेपाल र नेकपा प्रचण्ड–माधव समूह प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेको विरुद्धमा आन्दोलन गरिरहेको छ । सो आन्दोलनमा पनि कार्यगत एकता गर्ने र विस्तारै पार्टी नै एकीकरण गर्ने विषयमा छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार छलफल सकारात्मक भएको छ । त्यहाँ भएको कुराकानीलाई आ-आफ्नो पार्टीमा पनि छलफल गरिने त्यसपछि पुनः वार्तालाई अगाडि बढाउने बताइएको छ । 
तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएपछि नेकपा गठन भएका बेला पनि अध्यक्ष प्रचण्डले डा.भट्टराईलाई पार्टीमा आउन आग्रह गरेपछि भट्टराईले ओलीलाई छाडेर आएपछि मात्र त्यसको बारेमा सोच्न सकिने प्रतिकृया दिएका थिए । अहिले ओलीलाई अलग भइसकेपछि अध्यक्ष भट्टराईसँग एकता गर्न सजिलो हुने धेरैको बुझाई रहेको छ । 

 


 
 

 

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक