Logo

मंगलवार, भाद्र ९ गते २०८३

उत्तेजनाले कसैलाई फाइदा गर्दैन : मन्त्री ज्ञवाली

उत्तेजनाले कसैलाई फाइदा गर्दैन : मन्त्री ज्ञवाली


उत्तेजनाले कसैलाई फाइदा गर्दैन : मन्त्री ज्ञवाली

गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरी मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना गरेकाले मुलुकमा यो परिस्थिति उत्पन्न भएको बताएका छन् ।

उनले दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रेसुंगा नगर कमिटी गुल्मीले शनिबार तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले भने, ‘‘आवेग, उत्तेजना र रिसले कसैलाई फाइदा गर्दैन । हाम्रो आपत्ति उहाँहरु हिँडेको बाटोप्रति हो । तर, व्यक्तिप्रति हैन ।’’पाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता ज्ञवालीले गलत कुरासँग बारम्बार सम्झौता गर्नुभन्दा जनतालाई फैसला गर्न दिनु उत्तम ठानेर प्रतिनिधिसभा विघटन गरी चुनावको घोषणा गरिएको बताए । उनले यो फैसलाले जनताको सर्वोच्चताको विश्वास पैदा भएको दाबी गरे ।

रासस

कामना न्यूज

  • आइतवार, माघ ११ २०७७०५:२१:०१
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक