काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यबाटै हटाइएको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहले पार्टीबाट किन नहटाउने रु भन्दै स्पष्टीकरण सोधेको थियो ।स्पष्टीकरणको जवाफ नआएको र पार्टीविपरीतका क्रियाकलाप जारी राखेकाले साधारण सदस्यबाटै हटाइएको स्थायी कमिटीको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपा केन्द्रीय कमिटीले यसअघि ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।“अहिले पार्टीको साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको छ,” श्रेष्ठले भने, “यसअघि अध्यक्ष पदबाट हटाइएपछि पनि संविधान र पार्टीका विरुद्धमा लगातार गतिविधि गरेकाले विधानअनुसार पार्टी सदस्यताबाट स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण नदिएपछि पार्टी सदस्यबाटै हटाउने निर्णय गरेको छ ।”
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक