Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओली समूहले २३ गते राजधानीमा जनसभा गर्ने

ओली समूहले २३ गते राजधानीमा जनसभा गर्ने


ओली समूहले २३ गते राजधानीमा जनसभा गर्ने

काठमाडौं । नेकपाको ओली समूहले माघ २३ गते राजधानीमा जनसभा गर्ने भएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उक्त जनसभाको तयारीबारे जानकारी गराएको हो । वाग्मती प्रदेश कमिटीले जनसभामा लाखौं जनताको उपस्थिति गराउन मातहत कमिटीलाई निर्देशन दिन पनि दिएको छ ।

प्रदेश र उपत्यका विशेष प्रदेशका १७ वटा जिल्ला कमिटीहरुले माघ १४ भित्र ५०१ सदस्य रहेको जनसभा कमिटी गठन गरी सक्नुपर्ने बताइएको छ । त्यस्तै उक्त कमिटीले आ-आफनो जिल्लामा जन परिचालन गरी सभामा व्यापक जनसहभागिताको गराउने, माघ १७ भित्र सबै पालिकामा ३०१ र वडा स्तरमा १०१ सदस्य रहेको जनासभा परिचालन कमिटी गठन गरी उक्त कमिटीले योजना बनाई घर-घरमा जनसभाको प्रचार गरी जनतालाई सहभागिता गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।जनसभाअघि मोटरसाइकल र्‍याली, सांस्कृतिक झाँकीलगायत प्रदर्शन गर्ने बताइएको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।2021-01-25_25.jpg

कामना न्यूज

  • सोमवार, माघ १२ २०७७०३:२६:००
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक