Logo

मंगलवार, भाद्र ९ गते २०८३

करीब तिन दर्जन शक्तिशाली केन्द्रीय नेताले छोडे प्रचण्डको साथ्, बिज्ञपति नै निकालेर ओली समूहमा, प्रचण्ड झन् कम्जोर हुदै !

करीब तिन दर्जन शक्तिशाली केन्द्रीय नेताले छोडे प्रचण्डको साथ्, बिज्ञपति नै निकालेर ओली समूहमा, प्रचण्ड झन् कम्जोर हुदै !


करीब तिन दर्जन शक्तिशाली केन्द्रीय नेताले छोडे प्रचण्डको साथ्, बिज्ञपति नै निकालेर ओली समूहमा, प्रचण्ड झन् कम्जोर हुदै   !

काठमाण्डौँ- साविक वाईसियल नेपालको केन्द्रीय कमिटिमा रहेका १४३ मध्ये ३३ जना युवाहरुले पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका छन। उनीहरूले प्रेस बिज्ञपति मार्फत प्रचण्डको साथ छोडेको प्रमाण दिएका हुन् ।
वाईसियलका बरिष्ठ उपाध्यक्ष बिरु तामाङ, उपाध्यक्ष सुमित तामाङ, उपाध्यक्ष गंगा कार्कि , केन्द्रीय सचिव सुवित ढुङ्गाना सहित ३३ जनाले प्रचण्ड समूह छोडेको सचिब ढुङ्गानाले बताए । 
पदको लालसामा प्रचण्डले माओबादी आन्दोलन छिन्नभिन्न पार्नुभयो,’ उनले भने,’अब हामीले प्रचण्डको साथ छोड्यौँ,’ आफुहरु अब गृहमन्त्री राम बहादुर थापा बादल समेत रहेको ओलि समुहमा समाहित भएको उनले जानकारी दिए।
पुर्व माओबादी लडाकु समेत रहेका उनिहरु यस अघि राष्ट्रीय युवा संघ नेपालको केन्द्रीय कमिटिमा थिए। आज काठमाण्डौमा बसेको वाईसियलको केन्द्रीय समन्वय समितीको बैठकले बिरु तामाङ सुदिपको संयोजक्तवमा ९९ सदस्सिय केन्द्रीय समन्वय समिती चयन समेत गरेको छ । साथै सात वटै प्रदेशमा संयोजक समेत बैठकले तोकेको छ।  
यस्तो थियो  बाबुराम र प्रचण्डको गोप्य बैठक 
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको छ । 
नेकपाको शक्ति प्रदर्शनपछि दाहाल लैनचौरस्थित उपराष्ट्रपति पुनको निवासमा गएका थिए । त्यहाँ उपराष्ट्रपति पुन, दाहाल र भट्टराईबीच वार्ता भएको थियो ।
कुनै बेला एउटै पार्टीमा रहेका दाहाल र भट्टराईको मत ओलीलाई हटाउने विषयमा मिलेको छ तर फरक–फरक दलबाट आन्दोलन गर्दा ओलीविरुद्धको शक्ति विकेन्द्रित भइरहेको उनीहरूले बताउँदै आएका छन् ।
बाहिर कार्यगत एकताको चर्चा चलिरहेका बेला उनीहरूले शुक्रबार उपराष्ट्रपति पुनसमेतको उपस्थितिमा भेटेका हुन् । भट्टराईले संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप आफूले दाहाललगायतका नेताहरूलाई भेटेको स्पष्टिकरण दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ ।यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप पूर्वप्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल, प्रचण्डलगायत अन्य नेताहरूसँग भेटघाट गरेको हूँ।
गर्दैरहनेछु त्यस्तै भट्टराईले अहिले प्रधानमन्त्री ओलीको कदमविरुद्ध कांग्रेस, दाहाल(नेपाल नेतृत्वको नेकपा र जसपाका एक्लाएक्लै प्रदर्शन राम्रै भए पनि संयुक्त संघर्षको खाँचो भएको उल्लेख गरेका छन् ।
आम नागरिकको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिङलाई कम आँक्न नहुने पनि भट्टराईको भनाइ छ । उनले लेखेका छन्, ओलीप्रतिगमन विरूद्ध नेका, प्रचण्ड-माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन् । 
तर आ-आफ्ना ऐनामा हेरेर मक्ख नपरौं १ आम जनताको वितृष्णा,भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिङलाई कम नआँकौँ। एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चढ्ने रु सोचौं उनीहरूबीच ओलीविरुद्ध शक्ति केन्द्रित गर्ने विषयमा कुराकानी हुनुका साथै
द्वन्द्वकालीन घटनाहरूलाई जोडेर ओलीले आफूहरूविरुद्ध चाल्न सक्ने कदमबारे पनि चर्चा भएको बताइएको छ । उपराष्ट्रपति पुन, दाहाल र भट्टराई तीनै जना सशस्त्र द्वन्द्वकालका मुख्य नेतृत्व हुन् । 
त्यसैले यस्ता घटनाहरू जोडेर ओलीले खेल्न सक्ने खेलबारे पनि उनीहरूले आकलन गरिरहेको स्रोतको भनाइ छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार मात्र संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को ३७ औं सत्रलाई सम्बोधन गर्दै द्वन्द्वकालमा भएका मानवअधिकार हननका
गम्भीर प्रकृतिका घटनामा आममाफी नदिने बताएका थिए । शुक्रबारै अध्यक्ष दाहालले ओलीले शान्ति प्रक्रियालाई नै अवरुद्ध पार्न सक्ने भन्दै सार्वजनिक मञ्चमा भाषण गरेका थिए । त्यही कुरा बोलेपछि उनी उपराष्ट्रपति निवास पुगेका हुन् ।
 दाहाल समूहको आन्दोलन 
प्रदेश २ र काठमाडौं आसपासका जिल्लाबाट समेत आएका आन्दोलनकारी बिहान ११ बजेदेखि नै सडकमा निस्किँदा राजधानीको यातायात अस्तव्यस्त बन्यो । रात्रिबस चढेर आएकासहित राजधानीका १० ठाउँबाट निस्किएको जुलुस भृकुटीमण्डपतिर अघि बढेपछि आसपास क्षेत्र आन्दोलनकारीले भरिभराउ भयो ।
प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा आयोजित सभामा नेकपा दाहाल–नेपाल समूहका शीर्ष नेताहरू । त्यही भीडमा मिसिन आएका महोत्तरीका श्रीराम हृदय महतो भन्दै थिए, ‘प्रधानमन्त्री बनाएर पनि केपी ओलीले हामी गरिबका लागि केही काम नगरेकाले विरोध गर्न आएका हौं ।
उनीजस्ता थुप्रै कार्यकर्ताले शुक्रबार भृकुटीमण्डप आसपासको क्षेत्र खचाखच भएपछि जुलुसको नेतृत्व गर्दै मञ्चमा पुगेका नेताहरूले भने, ‘यो जुलुसले दोस्रो जनआन्दोलनको झझल्को दियो ।
प्रदर्शनकारीको भीड बढ्दै गएपछि सडकमात्रै होइन, र्या।लीसमेत अस्तव्यस्त भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन गरेपछि आन्दोलनमा उत्रिएको पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले शुक्रबार काठमाडौं केन्द्रित दोस्रो प्रदर्शन गरेको हो ।
यसलाई उनीहरूले दोस्रो जनआन्दोलनजस्तै सशक्त भनेर व्याख्या गरेका छन् । यसअघि गत पुस १४ गते काठमाडौंमा विरोध प्रदर्शन गरेपछि दाहाल–नेपाल समूहको आन्दोलन काठमाडौं बाहिरका जिल्लामा केन्द्रित भएको थियो ।
पार्टी एकीकरण भएयता नै धेरै पटक मतभिन्नता राख्दै आएका नेकपाका नेताहरू प्रतिनिधिसभा विघटनपछि व्यावहारिक रूपमा अलग भएका हुन् ।
त्यसपछि नेकपाको यो खेमा कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाज ओलीको कदमविरुद्ध केन्द्रित छन् । प्रतिनिधिसभा पुनःस्थापित नहुँदासम्म आन्दोलन अघि बढाउने उनीहरूले बताएका छन् । 
र्यासलीपछिको सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले राजा–महाराजाको श्रीपेच झिकेर लात्ताले हान्न सक्ने नेपाली जनताले ओलीलाई पनि त्यसैगरी बहिर्गमन गराउने बताए ।
संविधान बनिसकेपछि देश विकासको गतिमा गएको भनेर सोचिए पनि त्यो सम्भव नभएकाले आत्मआलोचनाका लागि जनताबीच आएको उनको भनाइ थियो । 
स्थायित्व सुनिश्चित भएर अबको दशक विकास र समृद्धिको हुनेछ र सामाजिक न्याय दिनेछौं भनेर सोचेका थियौं,’ दाहालले भने, ‘तर हामीले ती सपनालाई तीन वर्षमा पूरा गर्न सकेनौं । 
उनले ओलीसँग गरेका सहमतिलाई सुरुदेखि नै दायाँबायाँ हुन नदिएको भए यो परिस्थिति नै नआउने बताए । ‘सुरुदेखिको सहमतिलाई दायाँबायाँ हुन नदिएको भए केपी बेलैमा नांगिन्थे कि उनले भने, ‘हामीले सचिवालय र स्थायी कमिटीमा संघर्ष नगरेको होइन तर हाम्रो संघर्षले उनलाई सच्याउन सकिएन र हामी हाम्रो पनि समीक्षा गर्ने चरणमा पुग्यौं ।
 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक