काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो सरकार ढाल्नेमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको बताएका छन् ।
जिफन्टले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपाका अध्यक्षसमेत रहेका ओलीले २०७२ सालमा आफ्नो नेतृत्वमा बनेको सरकार माधव नेपालसहितका नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उकासेर ढालेको आरोप लगाएका हुन् । नेता नेपालले भने त्यतिबेला बजेट पारित भएपछि सरकार छाड्ने सहमति ओलीले कार्यान्वयन नगरेको बताउँदै आएका छन् । त्यतिबेलाको तीनबुँदे मौखिक सहमति कार्यान्वयन गर्न ओलीले इन्कार गरेको उनको तर्क छ ।
तर, ओलीले तत्कालीन एमालेका नेताहरूकै कारण सरकार ढलेको बताएका हुन् । उनले तीन महिनापछि प्रचण्ड, माधव नेपालसहितका नेताहरू नागरिक समाजमा रूपान्तरण हुने बताए । प्रचण्ड–नेपालसँग पार्टी चलाउने दम र खुबी दुवै नरहेको उनको निष्कर्ष थियो ।
अहिले आफ्नो समूहकोजस्तो अनुशासित, मर्यादित पार्टी अर्को नरहेको जिकिर पनि उनले गरे । पार्टी, आन्दोलनलाई दुःख दिइरहने पिलो निचोरिएर गएकाले पार्टी निर्वाध चल्न थालेको उनको बुझाइ थियो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक