Logo

बुधवार, भाद्र १० गते २०८३

थप संकटमा प्रधानमन्त्री ओली,सर्वोच्चले दियो यस्तो आदेश !

थप संकटमा प्रधानमन्त्री ओली,सर्वोच्चले दियो यस्तो आदेश !


थप संकटमा प्रधानमन्त्री ओली,सर्वोच्चले दियो यस्तो आदेश !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाइ आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश डा.मनोज शर्माको एकल इजलासले आज सो आदेश जारी गरेको हो । “म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र  सबै बेहोरा खुलाइ आफैँ लिखित जवाफ पेश गर्नुहोला”, आदेशमा भनिएको छ । 

वरिष्ठ अधिवक्ता डा.कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर न्याय सम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा बुधबार दायर गरेका थिए ।

अदालतको अवहेलनामा दोषी ठहर भएमा एक वर्ष कैद सजाय वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । 

चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसँग पनि लिखित जवाफ माग सर्वोच्च अदालतले चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ । 

सोही इजलासले म्याद प्राप्त भएका मितिले बाटाको म्याद बाहेक सात दिनभित्र  सबै बेहोरा खुलाइ आफैँ लिखित जवाफ पेश गर्नुहोला भनिएको छ  । 

अधिवक्ताहरु धनजित बस्नेत र लोचन भट्टराईले प्रतिनिधिसभा विघटनको विचाराधीन मुद्दामा विज्ञप्ति सार्वजनिक गरी अदालतको अवहेलनामा कारबाही गर्न मुद्दा दायर गरेका थिए ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले पनि सोही विषयमा अभिव्यक्ति दिएको उल्लेख गर्दै सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र