Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओली पशुपतिनाथको पूजामा,प्रचण्ड भैंसी पूजामा

ओली पशुपतिनाथको पूजामा,प्रचण्ड भैंसी पूजामा


ओली पशुपतिनाथको पूजामा,प्रचण्ड भैंसी पूजामा

काठमाडौं। परम्परागत शैली र धार्मीक दृसष्टकोणको महशुस नगर्ने नेपाली सायदै होलान् । तर कम्युनिस्टका संस्थापक मानिने मार्क्सले धर्मलाई भने अफिम भनेका छन् ।

मार्क्सकै सिद्धान्त पन्छ्याउछौं भन्दै चुनावी एजेण्डा एवं आफुलाई महान देखाउँने नेपाली कम्युनिस्टहरु भने धर्मको पाउमा परेरै छोड्छन् ।

धर्मलाई अँगाल्ने कि मार्क्सलाई अनुसरण गरेर आफुलाई धुरन्धर कम्युनिस्ट भन्ने कुरामा नेपालका कम्युनिस्टहरुको हालत कठै भन्न लायक छ ।

यसको उदाहरण शीर्ष नेता एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बनेका छन् । केही दिन अघि ओलीले पशुपतिनाथ मन्दिरमा बिशेष पूजा गरेका थिए ।

उनले पूजा गरेको बिषयले ठूले चर्चा लिएको थियो । यस्तोबेलामा  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैंसी पूजा गरेको विषय उठाएका छन् । 

 विगतमा प्रचण्डले भैंसी पूजा गरेको तस्बिर समेत सार्वजनिक भएको थियो । तर, प्रचण्डले आफूलाई नास्तिक र धर्मनीरपेक्षको पक्षधर भन्दै आएका छन् ।

आफुलाई कम्युनिस्ट भन्ने नेताहरुको  यो कदमपछि चुनावी र राजनीतिक एजेण्डाका जे पनि गर्न तयार भन्दै चौतर्फि आलोचना भइरहेको छ ।

oli prachanda puja.JPG

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक