काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाले आज कैलालीको धनगढीमा शक्ति प्रर्दशन गर्ने भएको छ । दिउँसो १ बजे खुलामञ्चमा हुने सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि पुस २४ मा सोही स्थानमा ओली समूहले प्रदर्शन गरेको थियो । प्रदर्शनलाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित नेकपाले समानन्तर बैठक तथा शक्ति प्रदर्शन गर्दै आएका छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक