Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओलीलाई प्रधानमन्त्रीबाट यसरी हटाउँदैछन् प्रचण्ड, भित्रैभित्रै भएको रहेछ यस्तो गोप्य तयारी

ओलीलाई प्रधानमन्त्रीबाट यसरी हटाउँदैछन् प्रचण्ड, भित्रैभित्रै भएको रहेछ यस्तो गोप्य तयारी


ओलीलाई प्रधानमन्त्रीबाट यसरी हटाउँदैछन् प्रचण्ड, भित्रैभित्रै भएको रहेछ यस्तो गोप्य तयारी

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने तयारी गरेको जानकारी दिएका छन् । 

शुक्रवार विराटनगरमा आयोजित जनसभामा प्रचण्डले संविधानमा भएको ब्यवस्था प्रयोग गरेर कारवाही गरिने जानकारी दिए । उनले अहिले सर्वोच्च अदालतप्रति भरोसा भएको र तलमाथि भए तयारीअनुसार कारवाही गरेर अघि बढ्ने चेतावनी दिए । 

उनले भने, ‘अदालतप्रति भरोसा गरेर बसेका छौं । जरुरी परेमा सभामुखले बैठको आयोजना गर्ने र केपीलाई कारवाही गर्छौ । तर अदालतको भर छ । तपाइले ५ वर्षका लागि चुनाव जिताएर पठाएका हामी जिउँदै छौं । कसैले नक्कली ढंगले मारेर हुँदैन, उनले भने । 

प्रचण्डका अनुसार २०५९ सालमा सडकबाटै संसद बैठक बसेजसरी बैठक बोलाउने र अविश्वासको प्रस्ताव पारित गरेर ओलीलाई हटाउने तयारी छ । एक महिनाभित्रै ओलीलाई पदबाट हटाउने प्रचण्डको घोषणा छ । धेरै महिना लड्नु पर्दैन । एक महिनाभित्र बादशाहलाई घोडाबाट खसाउनेछौं । लोकतन्त्र फेरि ट्रयाकमा जानेछ, उनले भने ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक