Logo

मंगलवार, भाद्र ९ गते २०८३

विदेशी हस्तक्षेपविरुद्धको लडाइँमा छौँ : बाँस्कोटा

विदेशी हस्तक्षेपविरुद्धको लडाइँमा छौँ : बाँस्कोटा


विदेशी हस्तक्षेपविरुद्धको लडाइँमा छौँ : बाँस्कोटा

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिले विदेशी हस्तक्षेपविरुद्धको अन्तिम लडाइँ भइरहेको बताएका छन् ।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा नेपालको वास्तविक भूगोलबारे विदेशी हस्तक्षेपविरुद्ध अहिलेको लडाइँ अन्तिम नै हुने दाबी गरे ।

‘हामी विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रवादको पक्षमा अन्तिम लडाइँ लडिरहेका छौँ । यो लडाइँमा सहयात्री बनेकाले लडाइँमा साथ नदिएर व्यक्तिगत स्वार्थमा लागे, यसले राष्ट्रवादमाथि खतराको संकेत दिएको छ,’’ नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले भने ।

सहयात्रीको व्यक्तिगत स्वार्थले ‘चुच्चे नक्सा’ भनेर खिल्ली उडाउनेलाई साथ दिइरहेको उनको दाबी थियो । ‘‘१४६ वर्षदेखि लुकाएर राखिएको नेपालको विस्तारित राज्यको नक्सा वर्तमान प्रधानमन्त्रीले सार्वजनिक गर्दा पाएको प्रशंसा सहन सकेनन् र अविश्वासको प्रस्ताव दर्ता गर्नसम्म भ्याए, यसलाई कसरी लिने तपाइँहरु आफैँ बुझ्नुस्,’’ बाँस्कोटाले भने ।

नेता बाँस्कोटाले फरक प्रसंगमा आजको ठिक तीन महिनापछि संसदीय निर्वाचन हुने बताउँदै निर्वाचनले सिन्दुर र माला लगाएर विजयी जुलुस मात्रै होइन, विदेशीसामु कहिल्यै नझुक्ने नेतृत्व दिलाउने दाबी गरे । उनले भने, ‘‘गत चुनावमा पनि हामी उपरखुट्टी लगाएर बस्न होइन, काम गर्न आएका थियौँ, काम गरिरहेका छौँ । अब पनि गर्नेछौँ ।’’

उनले वर्तमान सरकारले पुनर्जागरणको युग सुरु गरेको उल्लेख गर्दै निर्माण, गरिबीविरुद्ध र सुख, शान्तिको नवीनतम युगको थालनी गरेको बताए ।

नेता बाँस्कोटाले आफूमाथि व्यक्तिगत रूपमा विरोधको भाषामा नाराबाजी गरेकामा आपत्ति जनाउँदै सबै दलका हरेक नेताको बैंक खाता हेर्नुपर्ने माग राखे । उनले सबै नेता–कार्यकर्तालाई चुनावी रणनीतिमा लाग्न आग्रह गरे ।

सो अवसरमा बाँस्कोटाले विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका नवप्रवेशीलाई सदस्यता वितरणसहित स्वागत गरे । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य रामहरि सुवेदी, रेशम लामा, भीम न्यौपाने, नारायण पाण्डे, कुमार थापा, अम्बुभवानी कार्की तथा जिल्ला नेता सुरेश हुमागाइँ, गीता बञ्जारालगायतले वर्तमान अवस्थामा निर्वाचनको तयारीमा लाग्नु पार्टी हितमा हुने विचार व्यक्त गरेका थिए । भेलाले २९९ सदस्यीय नेकपा पनौती नगर कमिटी गठन गरेको छ ।

रासस

कामना न्यूज

  • शनिवार, माघ १७ २०७७११:४६:१८
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक