काठमाडौं-नेपाल प्रहरीले आमहड्तालका नाममा गैरकानुनी क्रियाकलाप गर्नेलाई कारबाहीको दायरमा ल्याउने बताएको छ । सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्तालको घोषणा गरेको छ ।
आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवा, विद्यार्थीहरुको परीक्षा सञ्चालनमा अवरोध नगर्ने नेकपाले जनाएको छ ।
तर, सवारी–साधन सञ्चालनमा अवरोध गर्दा विद्यार्थीहरु परीक्षा केन्द्रसम्म पुग्न समस्या हुने देखिन्छ । प्रचण्ड–नेपाल समूहले आमहड्तालको घोषणा गरे पनि गैरकानुनी क्रियाकलाप गरे नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले बताए ।
उनले भने, सुरक्षा व्यवस्था कडा पार्छौँ । पसल बन्द गराउँदै हिँड्ने र अन्य गैरकानुनी कार्यमा लागेकाहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने काम हामी गर्छौँ । कसैलाई जबर्जस्ती गरे पनि हामी कारबाही गर्छौँ ।
यस्तो भन्छन प्रचण्ड–नेपाल
नेकपा प्रचण्ड–नेपाल समुहले भोलि देशव्यापी रुपमा आमहड्तालको घोषणा गरेको छ । बुधबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय संघर्ष समितिकी संयोजक पम्फा भुसालले अहिले बाध्यतात्मक परिस्थित आएकोले आकस्मिक नयाँ कार्यक्रमको घोषणा गरेको बताइन् ।
संवैधानिक निकायको नियुक्ति असंवैधानिक रूपमा बलमिच्याँईबाट सपथ गराइनु निरंकुशता र जबरजस्तीको पराकाष्ठा हो,’ उनले भनिन्’, संविधान र लोकतन्त्रको रक्षा र फासिस्ट, जंगलराज, गुण्डाराजको अन्त्य गर्न जरूरी छ।
संवैधानिक आयोगको सपथ खारेजीको माग गर्छौं। भोलि शान्तिपूर्ण देशव्यापी आमहडतालको आह्वान गरेका छौं । नेतृ भुसालका अनुसार भोली अस्पताल , प्रेस, पानी दूध एम्बुलेन्स र परीक्षाबहेक सबै कुरा बन्द गरिने छ । पार्टीले केपी ओलीको प्रतिगमन विरुद्ध जुनसुकै कदम चाल्ने सक्ने उनले बताइन् ।
यस्तै सरकारले माओवादीका पूर्वलडाकु तथा बहिर्गमित सेनालाई खरिद बिक्री गरेर संघीयता सिद्ध्याउन लागिपरेको दाबी गरेका छन् । दाहालले बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै सरकार पूर्वलडाकु तथा बहिर्गमित सेनालाई खरिद बिक्री गरेर संघीयता र जनयुद्ध सिद्ध्याउन लागिपरेको दाबी गरेका हुन् ।
दाहालले सरकार पक्षबाट बहिर्गमित सेना तथा पूर्वलडाकुको स्तरअनुसार मूल्य तोकिएको बताए । उनले भने, ‘तपाईं कुन स्तरको कमान्डर हो रु तपाईं कति मानिस लिएर आउन सक्नुहुन्छ रु त्यसअनुसारको कोटा हुन्छ । चार हजार नै उठाएर लानुभयो भने एक–दुई करोड । त्यस्तो पो छ त अहिले छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मायाले सशस्त्र युद्धका घाइते, बहिर्गमित सेना र पूर्वलडाकुसँग भेटघाट नगरेको दाहालको दाबी छ । उनले सरकारको नक्कली मायाजालमा नपर्नसमेत आग्रह गरेका छन् ।
उनले भने, ‘तपाईंहरुले ठान्नुभाको छ, माया गरेर हामीलाई सहयोग गर्न खोज्दै छन् । उनीहरुले हामीलाई भेडाबाख्रा जसरी बिक्री गरेर सिद्ध्याउने हो । तपाईंलाई १० लाख, २० लाख तिरेर किन खरिद गर्ने रु तपाईंलाई अलि मोटो बनाएर काट्ने र मासु खान लाने हो । माया गरेर सम्मान गर्न लाने हो र ?
उनले बहिर्गमित जनमुक्ति सेनाको हितमा काम गरिरहेको बताए । चाहँदा चाहँदै पनि बहिर्गमित जनमुक्ति सेनालाई सहयोग गर्न नसकेकामा उनले दुखेसो गरे ।
उनले भने, ‘हामीले सम्मान नगर्ने ? हामीले माया नगर्ने रु उनीहरुले गर्छन् त रु त्यो होइन । हिजो पनि हाम्रो मूल्य तोकेका थिए, अहिले पनि तोकिरहेकै छन् ।
उनले भने, ‘नेपालको राजनीतिमा निरंकुशतावादीले सम्पूर्ण सत्ता लिन खोजेको बेलामा जनयुद्धलाई शान्तिमा रुपान्तरण गर्ने र राजतन्त्रलाई गणतन्त्रमा रुपान्तरण गर्ने बेला यही हो भन्ने ठानेँ मैले ।
यसबेला गरिएन भने त्यसपछि फेरि समय आउँदैन, हाम्रो नियती पेरुकै हुन्छ। हाम्रो नियती श्रीलंकाकै हुन्छ भन्ने देखेँ मैले। राजनीतिक आन्दोलन भनेको राष्ट्रिय मात्रै नहुने भन्दै उनले विश्व परिस्थिति हेर्नुपर्ने उनले बताए ।
उनले भने, ‘राजनीतिक आन्दोलन भनेको राष्ट्रिय मात्रै हुँदैन। यसको अन्तर्राष्टिय आयाम पनि हुन्छ। विश्व परिस्थिति कस्तो छ भन्नेमा पनि भर पर्छ।’ विश्वमा भएका ठूलाठूला सशस्त्र विद्रोहको नाम निशान आफ्नै आँखा अगाडि मेटिएको आफूले देखेको उनले बताए।
उनले भने, ‘हामीले जनयुद्ध सुरु गर्दा भारतमा, श्रीलंकामा ठूल्ठूला युद्ध थिए। श्रीलंकाको तमिलहरुको सशस्त्र विद्रोह संसारभर ख्याति प्राप्त विद्रोहको रुपमा थियो। ल्याटिन अमेरिकामा पेरुमा, कोलम्बियामा ठूल्ठूला युद्ध थिए।
हामीले लड्दै गर्दा हाम्रै आँखा अगाडि तमिलहरुको त्यत्रो विद्रोह नराम्रोसँग दवियो। त्यसको प्रमुख नेतादेखि हजारौँ हजार मानिसहरु मारेर ध्वस्त पारियो।
सबै परिस्थिति हेरेर ‘जनयुद्ध’लाई विजयतर्फ लैजान यस्तो निर्णय गरेको उनको भनाइ छ। ‘मैले तपाईंहरुलाई विजयतिर लैजान, तपाईंहरुको बलिदान खेर नजाने बाटो के हुनसक्छ भन्नेतर्फ मैले अलिकति बढी सोचेँ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक