काठमाडौं। आज (बिहीबार) नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समुहले देशभर बन्द हड्ताल जारी राखेको छ । यस्तोमा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता महेश बस्नेतको नेतृत्वमा हजारौं युवा सडकमा उत्रिएका छन् ।
जनजिवन नै कष्टकर बन्ने गरी प्रचण्ड समुहले गरेको हड्तालको विरोधमा प्रधानमन्त्री ओलीको पक्षमा महेश बस्नेतसहित हजारौं युवा सडकमा उत्रिएका हुन् ।
प्रचण्ड समुहले यसरी जनजिवन संकटमा पार्दै ओली सरकारविरुद्ध गरेको हर्कतविरुद्ध ओली निकट कार्यकर्ताहरु सडकमा आएका हुन् । ओली निकट कार्यकर्ताको जनसागर सडकमा उत्रेपछि प्रचण्ड समुहका बन्दकर्ताको भागाभाग भएको हो ।
उनीहरुले ुनेपाल बन्द होइन बन्दैछ, केपी ओली आइ लभ यू ,अघि बढ केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, केपी ओली जिन्दावाद भन्दै नारा लगाएका छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक