संखुवासभा– जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रतिनिधिसभा पुनस्स्थापनाबिना कुनै पनि हालतमा निर्वाचन नहुने भएकाले ओलीले सत्ता लम्ब्याउन चुनावी तयारीको नाटक गरेको आरोप लगाएका छन ।
संखुवासभाको खाँदबारीमा बिहीबार जनता समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले ओलीले सत्ता लम्ब्याउन चुनावी नाटक गरेको आरोप लगाएका हुन ।प्रतिनिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जाने विषयमा कांग्रेस बाधक भएको उनले बताए । संयुक्त आन्दोलनका लागि कांग्रेसले ढुलमुले चरित्र देखाएको उनले बताए ।
उनले भने, ‘अहिले नेकपा विभाजनको औपचारिक टुंगो नलाग्नु र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरुबीच साझा आन्दोलन हुन सकेन।’प्रतिनिधिसभा जीवित भएको भन्दै उनले राज्यका सबै अंग नियन्त्रणमा लिएर ओलीले संसद भंग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको पनि आरोप लगाए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक