काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको भेलाले पनि तिव्रता पाएको छ । प्रतिनिधि सभा विघटनपछि ओली र प्रचण्ड–नेपाल समूहले छुट्टाछुट्टै बैठक र भेला गरिरहेका छन् ।
शनिबार ओली पक्षका प्रदेश १ को राजधानीमा उपलब्ध केन्द्रीय सदस्य, जिल्ला कमिटी अध्यक्ष र सचिवहरु भेला भएका छन् ।
फागुन ८ गते प्रदेश १ मा हुने आमसभाको तयारीका लागि भेला गरिएको हो । मोरङमा हुने आमसभामा १ लाख कार्यकर्ता उतार्ने तयारी गरिएको स्रोतले बताएको छ ।
जारी भेलामा पूर्व सभामुख तथा स्थायी कमिटी सदस्य सुवास चन्द्र नेम्वाङ, प्रदेश १ कम मुख्यमन्त्री शेरधन राई, शिवमाया तुम्बाहाम्फेलगायत उपस्थित छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक