काठमान्डौ दुई दिनअघि जनता समाजवादी पार्टी जसपाका नेता शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरे । र, प्रवेशलगत्तै यादवले भने, जसपामा एक(दुई दिनमा पहिरो जान्छ ।
तत्कालीन संघीय समाजवादी पार्टीको पदाधिकारी रहेका यादव एक्कासि ओली समूहमा प्रवेश गर्लान् भन्नेचाहिँ जसपाका नेताहरूले सोचेका थिएनन् । अध्यक्ष उपेन्द्र यादवनिकट मानिएका यादव असन्तुष्ट भएको चर्चा पनि चलेको थिएन ।
बरु, संसद विघटनअघि अन्य दर्जन सांसदको नाम चर्चामा थियो । जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपाका अन्य एक दर्जन नेताहरूमाथि नजर लगाएका छन् ।
जसलाई केही दिनभित्रै पार्टी प्रवेश गराउने प्रयासमा छन् । प्रदेश २ मा आफ्नो उपस्थिति बलियो गराउने प्रयासमा रहेका ओली जसपाका नेताहरू त्यसमा पनि उपेन्द्र यादवनिकटलाई तान्ने प्रयासमा छन् ।
अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीको प्रतिनिधिसभा विघटनप्रति तटस्थजस्तो देखिन्छन् । महतोले भनेका छन्, प्रतिनिधिसभा पुनःस्थापनाले समस्या समाधान गर्दैन ।
त्यसैले जसपामा बलियो देखिएको उपेन्द्र यादवको समूहलाई विभाजित गर्ने प्रयासमा ओलीले त्यस समूहका नेताहरूलाई भित्र्याउने प्रयास गरेका हुन् ।
जसपा स्रोतकाअनुसार विमल श्रीवास्तव, प्रदीप यादव, रेणु यादव, उमाशंकर अरगरियालगायतका नेताहरूलाई ओलीले पार्टी प्रवेश गराउने तयारी गरेका छन् ।
त्यसमा राजपाका पूर्वअध्यक्ष राजकिशोर यादव पनि रहेको स्रोतको दाबी छ । यो समूहले पटक(पटक ओली समूहसँग छलफल गरेका छन् । अपहरण काण्डले चर्चा बटुलेका सुरेन्द्र यादव पनि ओली समूहमा प्रवेशका लागि छलफलमा छन् ।
राजकिशोर यादव नेकपा प्रवेश गर्ने पार्टीभित्र चर्चा भए पनि यो विषय कल्पना पनि गर्न नसक्ने उनी बताउँछन् । पार्टीभित्र आफ्नो राजीनिक चरित्र हत्या गर्न यस्तो हल्ला चलाएको हुनसक्ने उनको प्रतिक्रिया छ ।
प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक भएको भन्ने कुरामा म प्रस्ट छु । त्यसकारण असंवैधानिक कदम चाल्ने पार्टीमा प्रवेश गर्ने कल्पना नृ गर्न सकिँदैन । मेरो राजनीतिक चरित्र हत्या गर्न हल्ला चलाइएको होु उनको भनाइ छ ।
श्रीवास्तवले प्रतिनिधिसभा विघटनअघि नै जसपाबाट करिब १२ जना सांसद बोकेर नयाँ पार्टी बनाउने र ओली समूहमा समाहित हुने प्रयास गरेका थिए । तर, त्यतिबेला राजनीतिक दलसम्बन्धी ऐनको दफाले रोकेको थियो ।
ऐनले संसद् र केन्द्रीय समिति दुवैतिर ४० प्रतिशत संख्या चाहिने व्यवस्था गरेको छ । तर, केन्द्रीय समितिमा श्रीवास्तवले ४० प्रतिशत पुर्यावउने सम्भावना थिएन । त्यसैले त्यतिबेला रोकिएका श्रीवास्तवलाई अहिले बाटो खुला भएको हो ।
स्थानीय निर्वाचनका बेला राजपाबाट वीरगञ्ज महानगरको मेयरमा टिकट नपाएपछि विजय गच्छदारको लोकतान्त्रिक फोरमबाट मेयरको उम्मेदवार भएका थिए, श्रीवास्तव । मेयरमा पराजित भएपछि संघीय समाजवादीमा प्रवेश गरेर श्रीवास्तवले प्रतिनिधिसभाको टिकट हात परेका हुन् ।
जसपाका एक केन्द्रीय कार्यकारिणी सदस्यले दिएको जानकारीअनुसार श्रीवास्तवले ४० प्रतिशत सांसदको संख्या पुर्याअएर पार्टी विभाजनको प्रयास गरेका थिए । त्यतिबेला उनीसँग करिब ३० प्रतिशत संख्या पुगिसकेको थियो । ३४ जना सांसद रहेको जसपामा श्रीवास्तवले ११ जनाको साथ पाएका थिए ।
श्रीवास्तव संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिसमेत थिए । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले पहिला पनि पार्टी विभाजनको भूमिका खेलेका थिए ।
प्रदीप यादव संसादको हैसियतमा गत वर्ष स्वतन्त्र तिब्बतको कार्यक्रम सहभागी हुन लिथुनिया गएपछि विवादमा तानिएका थिए । गत वैशाखमा रेणु यादव, मोहम्मद इस्तियाक राई, विमल श्रीवास्तव, सुरेशकुमार यादवलगायतका नेताहरू सक्रिय थिए ।
त्यतिबेला यादवले विभाजनका लागि सक्रिय र नेतृत्वदायी भूमिका खेलेकी थिइन् । तर, अहिले विमल श्रीवास्तव सक्रिय रहेको जसपाका एक पदाधिकारीले दाबी गरे ।
वैशाखमा पार्टी विभाजन गर्न नसकेका श्रीवास्तव पार्टी एकतापछि जसपाको केन्द्रीय सदस्य पनि बन्न सकेनन् । विभाजनको खेलमा संलग्न भएको भन्दै अध्यक्ष उपेन्द्र यादवले श्रीवास्तवको नाम केन्द्रीय सदस्यका लागि सिफारिस नै गरेनन् ।
त्यसपछि झन् रुष्ट भएका श्रीवास्तव ओली समूहमा प्रवेश गर्न खोजेको जसपाका नेताको दाबी छ । १० वैशाख २०७७ मा राजपा र संघीय समाजवादी पार्टीले रातारात एकता गरेका थिए ।
तीन दिनअघि ७ वैशाखमा दल विभाजनका लागि सहज हुने गरी सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि संघीय समाजवादी पार्टी विभाजनको डिलमा पुगेको थियो ।
विभाजनका लागि समाजवादी दलका नेताहरू यादव, राई, श्रीवास्तवलगायतका नेता सक्रिय रूपमा लागेका थिए । सरकारले ल्याएको अध्यादेशले संसदीय दलमा ४० प्रतिशत सांसद भए वा केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुग्ने अवस्थामा दल विभाजन गर्न सकिने व्यवस्था गरेको थियो ।
त्यही आधारमा समाजवादी दलका केही नेताहरूको प्रयासमा ४० प्रतिशत सांसद पुग्ने अवस्था आएको थियो । त्यो संख्या पुर्या४उन नदिन राजपा र समाजवादी पार्टीबीच रातारात एकताको घोषणा गरियो ।
जसले गर्दा यादव, श्रीवास्तव र इस्तियाकहरूको प्रयास सफल नभएको हो । त्यतिबेलादेखि नै सुषुप्त अवस्थामा रहेको त्यो चाहना जनता समाजवादी पार्टीमा प्रकट हुन थालेको नेताहरूको भनाइको छ । अहिले यो विषयमा जसपाका नेताहरू औपचारिक रूपमा बोल्न भने मानिरहेका छैनन् ।
रेशम चौधरीलाई रिहाइको माग
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहायका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्न जाँदा आफूलाई सरकारमा आएर गठबन्धन बनाउन लालच दिएको बताएका छन् ।
आफ्ना पार्टीका नेता रेशम चौधरी लगयातका व्यक्तिहरु थुुनामा रहेको भन्दै उनीहरुको रिहाइका लागि आफू छलफल गर्न जाँदा प्रधानमन्त्री ओलीले सिधै सरकारमा आउन भनेको अध्यक्ष ठाकुरको भनाइ छ ।
यो अहिले मात्र नभइ जतिपटक उनीसँग कुरा गर्न जाँदा मन्त्री तथा सरकारको लोभ दिने गरेको उनले बताए । टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानले शनिवार आयोजना गरेको टिकापुर प्रकारणः विद्रोह, विभेद र विकल्प सवाल, संवाद र निकासको विषयमा आयोजना गरेको कार्यक्रममा
उनले आफ्ना पार्टीका सांसद तथा नेता जेलमा रहनेका बेला पार्टी सरकारमा नजाने भन्दै पहिला उनीहरुलाई रिहाइ गरिए छलफल गरौला भनेर आएको बताए ।
शासकहरु जहिले पनि आफूलाई विजय नै ठान्छन् र शासितमाथि शासन गरिरहेका छन् । दरवार हत्याकाण्ड बाहिरबाट भएको होइन, भित्रैबाट भएको हो, यसबाट पुष्टि हुन्छ कि शासकहरु कति क्रुुर हुन्छन् ।
देशको पोल्टिक्स जहिले पनि काटमारको पोल्टिक्स रह्यो, उनले भने, शुरुदेखि आजसम्म हेर्नु हिंसा मात्र भएको छ । शासकले त्यही नजरले शासितलाई हेर्ने गरेका छन् ।
टीकापुरको घटना पनि त्यसैको उपज रहेको उनले बताए । टीकापुर घटनाको विषयलाई लिएर आफूले थुप्रै पटक सबै प्रधानमन्त्रीहरुलाई भेटेको बताउँदै अध्यक्ष ठाकुरले सबैले टीकापुरका थारुहरु निर्दोष भनेका तर उनीहरुलाई रिहाइ गर्न नचाहेको बताए ।
मैलेलाई हरेकलाई भन्दै आएको हुँ कि तपाईहरुको रवैयाले गर्दा मधेशीहरु तपाईहरुको हातबाट निस्केका छन् । यस्तै रह्यो भने मधेश पनि रहँदैन । तैपनि उनीहरु मुद्दाप्रति गम्भीर छैनन् ।
यस्तै नागरिक अगुवा दमननाथ ढुगांनाले टीकपुर घटना राष्ट्रिय सरोकारको विषय भएको भन्दै राजनीतिक रुपमै समाधान गर्नुपर्ने बताए । उनले भने, शुरुदेखि नै राज्य विभेदकारी छ, त्यसको मात्रा फरक फरक छन् तर विभेद सबैतिर रहेको छ ।
शासकले जहिले पनि शासक नै बन्न चाहने प्रवृतिले देशमा यस्तो खालको घटना हुने गरेका छन् । टीकापुुरको घटनाबारे राज्यले बोल्न नचाहेको बताउँदै उनले टीकापुरको घटना राज्यले नै गर्न लगाएको र राज्यले नै त्यसलाई दवाउन खोजेको टिप्पणी गरे ।
राज्यले टीकापुरको घटनामाथि न्याय गर्ने हो भने जेलमा रहेका सबै निर्दोष थारुलाई छाड्नुपर्ने उनले बताए । थारु आन्दोलनमा सक्रिय भानुराम थारुले टीकापुरको घटनालाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए ।
टीकापुरको घटना विल्कुल राजनीतिक घटना भएको भन्दै त्यसलाई राजनीतिक पूर्वाग्रही रुपमा थारुहरुसँग दुुश्मनी साँधिरहेको बताए । अधिवक्ता सुरेन्द्र महतोले टीकापुरको घटना अस्वभाविक होइन, राज्यले यो घटना सुनियोजित रुपमा गराएको आशंका गरे ।
थारुहरुले शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेका बेला राज्यले त्यसलाई दवाउन खोज्दा त्यो विद्रोह भएको बताए । राज्य जहिले पनि शोषित, पीडितमाथि दमन नै गर्ने गरेको उल्लेख गर्दै उनले जब कुनै समुदाय वा क्षेत्रले राज्यमा आफ्नो हिस्सा खोज्छ अनि राज्यले उनीहरुमाथि दमन गर्ने गरेको बताए । टीकापुर घटनाको आरोपमा साढे तीन महिना थुनामा रहेका रामनरेश चौधरी रिहाइ भएका छन् । कार्यक्रममा उपस्थित चौधरीले भने, ुम पेसले शिक्षक हुँ, म घटना भएको दिन स्कूलमा थिए । घटनास्थलमै थिइनँ । तर प्रहरीले मलाई स्कूलबाट जबर्जस्ती समातेर लाग्यो र थुनामा राख्यो ।
के कारणले आफूलाई समातेर ल्याएको भनि जिज्ञासा राख्दा प्रहरीले तिम्रो दोष भनेको तिमी थारु हौं त्यही भएर समातेर यहाँ ल्याएको भनि जवाफ दिएको बताउँदै उनले आफू घटना भएको दिन विद्यालयमा थिए त्यहाँको प्रमाणित हाजिक कापी देखाउँदै त्यही च्यातेर फालेको घटनाक्रम सुनाए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक